२०८३, मंसिर १४ गते

आइतबार, मंसिर १४ गते २०८३

आइतबार, मंसिर १४ गते २०८३

'हामी तयार छौँ अभियान’ का लागि काङ्ग्रेसले आज अभिमुखीकरण दिने

'हामी तयार छौँ अभियान’ का लागि काङ्ग्रेसले आज अभिमुखीकरण दिने

साझा पोष्ट
आइतबार, मंसिर १४ २०८३
  • images
    'हामी तयार छौँ अभियान’ का लागि काङ्ग्रेसले आज अभिमुखीकरण दिने
    images

    काठमाडौं,मंसिर १३ । नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन लागेको छ । 


    images

    पार्टी सभापति गगनकुमार थापाको समुपस्थितिमा आज बिहान ११:०० बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा अभिमुखीकरण कार्यक्रम हुन लागेको हो। 

    देशव्यापी रूपमा हुने अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गर्न र खटिने प्रतिनिधिहरूलाई आवश्यक जानकारी, जिम्मेवारी तथा कार्यदिशाबारे स्पष्ट पार्न अभिमुखीकरण आयोजना गरिएको महामन्त्री डा डिला संग्रौलाले जानकारी दिइन् । 
    उनका अनुसार काठमाडौँ उपत्यकामा उपलब्ध सम्पूर्ण प्रतिनिधिहरूलाई सानेपास्थित केन्द्रीय कार्यालयमा अनिवार्य उपस्थित हुनु पर्ने छ भने काठमाडौँ उपत्यका बाहिर रहेका प्रतिनिधिहरूका लागि जुम (Zoom) प्रविधिमार्फत सहभागी हुने व्यवस्था मिलाइएको छ। 
    पार्टी संगठनलाई तल्लो तहसम्म सुदृढ बनाउने र जनताका मुद्दाहरूसँग प्रत्यक्ष जोडिने उद्देश्यका साथ काङ्ग्रेसले ७५३ वटै पालिकामा एकैसाथ यो अभियान परिचालन गर्न लागेको महामन्त्री डा डिला संग्रौलाले जानकारी दिइन् ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार