शनिबार, वैशाख २९ गते २०८१
Logo
शनिबार, वैशाख २९ गते २०८१

चुनावी सभाका लागि नेताहरुको दौडधुप, आज यी चार शहरमा हुँदैछ सभा

चुनावी सभाका लागि नेताहरुको दौडधुप, आज यी चार शहरमा हुँदैछ सभा

साझा पोष्ट
शनिबार, वैशाख २४ २०७९
  • images
    चुनावी सभाका लागि नेताहरुको दौडधुप, आज यी चार शहरमा हुँदैछ सभा
    images
    २५ बैशाख, काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर दलहरुले चुनावी सभालाई तिब्रता दिएका छन् । सत्तारुढ गठबन्धन र नेकपा एमालेले आज आइतबार छुट्टाछुट्टै चार ठाउँमा सभा गर्दैछन् । गठबन्धनले कास्कीको पोखरा र दाङको तुलसीपुरमा आमसभा गर्दैछ । बिहान ११ बजे पोखरा र दिउँसो २ बजे तुलसीपुरमा कार्यक्रम हुने तालिका छ । सभालाई नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेताहरुले सम्बोधन गर्नेछन् । स्थानीय तह निर्वाचनलाई लक्षित गरेर नेकपा एमालेले पनि चितवन र बुटवलमा चुनावी सभा गर्दैछ । सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । राजधानीमा पत्रकार सम्मेलन गरेपछि ओली हेलिकोप्टर मार्फत बुटबल जाने कार्यक्रम रहेको एमालेले जनाएको छ । चितवनमा नेकपा एमालेको तर्फबाट भरतपुर महानगरपालिकाको लागि विजय सुवेदीले प्रमुखमा उम्मेदवारी दिएका छन् । महानगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहाल र स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काँग्रेसका नेता जगन्नाथ पौडेलबीचको प्रतिस्पर्धालाई महत्त्वका साथ हेरिएको छ । त्यस्तै बुटवलमा हुने चुनावी सभालाई भने अध्यक्ष ओलीसँगै उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार