आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

निर्वाचनमा खटिने सुरक्षाकर्मीको ज्यान गए सरकारले २० लाख दिने

निर्वाचनमा खटिने सुरक्षाकर्मीको ज्यान गए सरकारले २० लाख दिने

साझा पोष्ट
शनिबार, वैशाख २४ २०७९
  • images
    निर्वाचनमा खटिने सुरक्षाकर्मीको ज्यान गए सरकारले २० लाख दिने
    images
    २५ बैशाख, काठमाण्डौ । स्थानीय तहको निर्वाचनका क्रममा खटिने सुरक्षाकर्मीको ज्यान गएमा सरकारले २० लाख रुपैयाँ दिने भएको छ।आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनका क्रममा सुरक्षाकर्मीको ज्यान गए तत्काल २० लाख रुपैयाँ दिने निर्णय गरेको हो। गृह मन्त्री बालकृष्ण खाँणले आइतबारको बैठकमा गरेको प्रस्ताव पारित भएको गृहमन्त्रीका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए।यो सुविधा म्यादी प्रहरीसहित सबै सुरक्षाकर्मीले पाउनेछन निर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी खटाइएको छ । हरेक मतदान केन्द्रमा ३ जना प्रहरी र ५ देखि ८ जनासम्म म्यादी प्रहरी हुनेछन्। मोबाइल गस्ती सशस्त्र प्रहरीले गर्नेछ। सुरक्षा चुनौती बढी भएका ठाउँमा मोबाइल गस्ती र स्ट्राइकिङ टोली रहने एकीकृत सुरक्षा योजना पनि बनाइएको छ । यस्तै जिल्लामा रिजर्भ रहने टोलीलाई पनि सुरक्षा चुनौती बढी भएका स्थानलाई लक्षित गरेर तयारी अवस्थामा राखिनेछ।गृह मन्त्रालयका अनुसार सेनाको आवश्यकता अनुसार परिचालन गरिने छ। चुनावमा सबैभन्दा बढी म्यादी प्रहरी तैनाथ हुँदैछन्। चुनावका लागि एक लाख म्यादी प्रहरी भर्ना गरिएको छ। यस्तै नेपाल प्रहरी ६१ हजार ८ सय ३१ जना खटिएका छन्। म्यादी प्रहरीलाई पनि नेपाल प्रहरी मातहत नै खटाइने छ। सशस्त्र प्रहरी २३ हजार ५ सय ३२ जना खटिएका छन्। हरेक जिल्लामा नेपाल प्रहरीका रिजर्भ फोर्स राखिएको छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार