शनिबार, वैशाख २९ गते २०८१
Logo
शनिबार, वैशाख २९ गते २०८१

कांग्रेसले उल्टो बाटो समात्यो: ओली

कांग्रेसले उल्टो बाटो समात्यो: ओली

साझा पोष्ट
आइतबार, वैशाख २५ २०७९
  • images
    कांग्रेसले उल्टो बाटो समात्यो: ओली
    images
    २५ बैशाख, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले उल्टो बाटो समातेको टिप्पणी गरेका छन । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार पत्रकार सम्मेलन गर्दै ओलीले कमजोर तत्वलाई लिएर कांग्रेस उल्टो बाटो हिंडेको बताएका हुन ।ओलीले सरकारबाट बाहिरिएका बेलाका प्रसंग निकाल्दै कांग्रेसको षड्यन्त्रले चरम रूप लिएको समेत टिप्पणी गरे । ओलीले भने – ‘कांग्रेसको षड्यन्त्रले चरम उत्कर्षको रूप लियो। कांग्रेसले सुशासन र विकासको मार्गमा तीव्र गतिमा अघि बढिरहेको देशलाई व्यवधान खडा गरेर यथास्थितिमा राख्न र पछाडि फर्काउनका लागि राष्ट्रियता, लोकतन्त्र र जनताप्रतिको कर्तव्य बोधमा कमजोर रहेका तत्वहरूलाई खोज्ने र त्यस्ताको साथ, सहयोग लिएर राजनीतिक र देशहितका सम्बन्धमा उल्टो बाटो समात्ने काम गर्‍यो,’ उनले राजनीतिक दलको आधारभूत मर्ममाथि कांग्रेसले प्रहार गरेको आरोप पनि लगाए । ‘कांग्रेसले राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार गर्‍यो। संसदीय मूल्य र मान्यतालाई नै कुल्चियो। ’ कांग्रेसमाथि खनिदै उनले भने– संसदले सरकार निर्माण गर्ने संसदीय शासन प्रणाली आदर्शको उपहास गर्‍यो। संसदलाई राजनीतिक निर्णयको थलो हुन नदिई बन्धक बनायो। स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्‍यायो ।’ एमालेले संविधानको रक्षा गर्न र जनताको अधिकार रक्षाका लागि चुनावमा जाने निर्णय गरे पनि सर्वोच्च अदालतको परमादेशपछि नयाँ सरकार बनेको ओलीको भनाइ छ । अध्यक्ष ओलीले नेकपा एमाले मात्रै राष्ट्रियता र राष्ट्रिय अखण्डताको पहरेदार पार्टी रहेको दावी समेत गरे ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार