आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

एक घण्टाको पत्रकार सम्मेलनमा ओलीको मुखबाट ननिस्केको त्यो एउटा नाम...

एक घण्टाको पत्रकार सम्मेलनमा ओलीको मुखबाट ननिस्केको त्यो एउटा नाम...

साझा पोष्ट
आइतबार, वैशाख २५ २०७९
  • images
    एक घण्टाको पत्रकार सम्मेलनमा ओलीको मुखबाट ननिस्केको त्यो एउटा नाम...
    images
    २५ बैशाख, काठमाडौं । नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरेर पत्रकार सम्मेलन गर्यो । पत्रकार सम्मेलनका प्रमुख अतिथि थिए अध्यक्ष केपी शर्मा ओली । ओली पत्रकार सम्मेलन होस् वा आम सभा अन्य दलहरु खासगरी सत्तारुढ गठबन्धन प्रति आक्रामक नै हुने गर्छन् । तर आइतबारको पत्रकार सम्मेलनमा अध्यक्ष ओली अरु दिनको तुलनामा नरम र भद्र देखिए । आफ्नै पार्टीबाट फुटेर बनेको गठबन्धनको घटक दल नेकपा एकीकृत समाजवादी र त्यसका अध्यक्ष माधवकुमार नेपालप्रति झनै आक्रामक हुने गर्छन् । तर आइतबारको पत्रकार सम्मेलनमा उनले नेपालको नामै लिएनन् । केही दिनअघिको एक सार्वजनिक कार्यक्रममा ओलीले माधवनेपाललाई कुलंगारको संज्ञा दिदै त्यस्ताको नामै नलिने र नाम लिइहालेमा तत्कालै पानीले मुख कुल्ला गर्ने गरेको टिप्पणी गरेका थिए । कांग्रेस प्रति सबैभन्दा रुष्ट देखिएका ओलीले आज एकघण्टा लामो पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री शेरबहाद देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उनकी छोरी रेनु दाहालको नामागर लिए पनि माधवकुमार नेपालको नामै लिन रुचाएनन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार