शनिबार, वैशाख २९ गते २०८१
Logo
शनिबार, वैशाख २९ गते २०८१

१० वर्षका लागि भोट माग्दै ओलीले गरे ६७ बुँदे अपिल (पूर्णपाठ)

१० वर्षका लागि भोट माग्दै ओलीले गरे ६७ बुँदे अपिल (पूर्णपाठ)

साझा पोष्ट
आइतबार, वैशाख २५ २०७९
  • images
    १० वर्षका लागि भोट माग्दै ओलीले गरे ६७ बुँदे अपिल (पूर्णपाठ)
    images
    २५ बैशाख, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० वर्षका लागि स्थानीय, प्रदेश र संघीय चुनावमा एमालेलाई जिताउन अपील गरेका छन । पत्रकार सम्मेलन गरी ६७ बुँदे अपिल जारी गर्दै ओलीले कम्तीमा दुई अवधि तीनै तहमा सरकारको नेतृत्व दिन अपील गरेका हुन । ‘अब कम्तिमा दुई अवधि (पाँच–पाँच वर्ष) को निर्वाचनमा स्थानीय तह, प्रदेश र संघीय संसद्मा नेकपा (एमाले)लाई अत्याधिक बहुमतले विजयी बनाई नेपालको विकास र नेपालीको सुखको चीर प्रतिक्षित आकाङ्क्षा पूरा गर्न र देशमा स्थिरता र स्थायित्व कायम गर्नका लागि आदरणीय मतदाताहरू समक्ष साथ, समर्थन र सहयोगका लागि हार्दिक आग्रह गर्दछु । ’ ओलीले पत्रकार सम्मेलनमा भने– गठबन्धन बनाउनका लागि जनताको मत चाहिँदैन, जनताको मत त नेपालको विकास र समृद्धिको सुनौलो युग ल्याउनका लागि चाहिन्छ । त्यो युग नेकपा (एमाले)ले शुरू गरिसकेको छ र अबको पाँच वर्षमा सम्पन्न गर्दछ । अर्को पाँच वर्षमा हामी प्राप्त उपलब्धिलाई दिगो बनाई थप उत्कृष्ट र नवीन बनाउने सुनिश्चित गर्दछौं ।’   यस्तो छ एमालेको ६७ बुँदे अपिल: नेकपा (एमाले) को आम मतदातामा अपील

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार