आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

नेपाली कांग्रेसमाथि खनिए ओली, अपिल सार्वजनिक गर्दै लगाए यस्ता आरोप

नेपाली कांग्रेसमाथि खनिए ओली, अपिल सार्वजनिक गर्दै लगाए यस्ता आरोप

साझा पोष्ट
आइतबार, वैशाख २५ २०७९
  • images
    नेपाली कांग्रेसमाथि खनिए ओली, अपिल सार्वजनिक गर्दै लगाए यस्ता आरोप
    images
    २५ बैशाख, काठमाण्डौं । स्थानीय तहको चुनावको मिति नजिकिँदै जाँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेपाली कांग्रेसको चर्को आलोचना गरेका छन । पत्रकार सम्मेलन गरी ओली कांग्रेसमाथि विभिन्न आरोप लगाउँदै खनिएका छन । एमाले अध्यक्ष ओलीले कांग्रेसमाथि देशमा सशस्त्र द्वन्द्व निम्त्याएको, निरंकुश राजतन्त्रसँ मिलेको, जनताको सत्ता राजालाई बुझाएको, छलकपट र षडयन्त्र गरी सत्ता चलाएको र लोकतन्त्रको उपहास गरेको आरोप लगाएका छन । एमाले अध्यक्ष ओलीले ६७ बुँदे अपील सार्वजनिक गर्दै कांग्रेसमाथि लगाएका आरोप यस्ता छन : -देश–जनता–राजनीतिलाई चरम अन्धकारमा धकेल्न सशस्त्र द्वन्द्वलाई मार्ग प्रशस्त गर्यो । - कांग्रेस एमालेसँग कहिल्यै सहकार्य गर्न चाहँदैन, यस्तो सोच्नु पनि अपराध ठान्दछ । काँग्रेसले नै जनताको सत्ता राजालाई बुझाएको धेरै भएको छैन । अहिले पनि दक्षिणपन्थी, वामपन्थी अतिवाद र अवसरवादीहरूसँग घाँटी जोडेर गठबन्धन सरकार चलाएकै छ । ऊ जनादेशमा विश्वास गर्दैन । सकेसम्म मुद्दा मामिला, छलकपट, षड्यन्त्र र मिलावटबाटै सत्ताभोग गर्न चाहन्छ । -नेपाली कांग्रेसको सुविधामा आधारित परराष्ट्र नीतिले नेपाल र नेपालीको हित एवम् भावनामा कुठाराघात गर्दछ, नेपाल र नेपालीको हितभन्दा अन्य विषयहरूलाई प्राथमिकता दिन्छ । - कांग्रेसले राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार गर्‍यो । संसदीय मूल्य र मान्यतालाई नै कुल्चियो । संसद्ले सरकार निर्माण गर्ने संसदीय शासन प्रणालीको आदर्शको उपहास गर्‍यो । -संसद्लाई राजनीतिक निर्णयको थलो हुन नदिई बन्धक बनायो । स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्‍यायो । -राजतन्त्रको अन्त्य र गणतन्त्रको उदयका लागि, संविधानसभाको निर्वाचन तथा संविधान लेखन र जारी गर्नका लागि तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयन गर्नमा काँग्रेसको आन्तरिक घेराबन्दी व्यहोर्नुपर्यो । -निजामती सेवा नै खलबलिने गरी निजामती कर्मचारीलाई बर्खास्त गर्ने, राष्ट्र बैंकका गभर्नर निलम्बन गर्ने, प्रहरी संगठनमा प्रचलित ऐन नियमको दायरा उल्लङ्घन गर्दै नियुक्ति र बढुवा गरी सुरक्षा संगठनलाई तहसनहस पार्ने । -सरकारी उद्योगहरूलाई निजीकरणको बहानामा कौडीको मूल्यमा बेची राष्ट्रिय सम्पत्ति दोहन गर्ने । - कांग्रेस शासनकालमा आधुनिक भौतिक पूर्वाधार विकासका कुनै योजना न सुरु भए, न त सम्पन्न नै भए । शिक्षा र स्वास्थ्य क्षेत्रमा राज्यको भूमिकालाई अत्यन्त कमजोर बनाइयो, सामाजिक सुरक्षा र लोककल्याणप्रति निरन्तर उदासीनता देखाइयो । - कांग्रेस देशलाई गरिबी, विपन्नता, अभाव, लघुताभास र अनिश्चयको दुष्चक्रमा राखेर जनतामाथि शासन गर्न चाहन्छ । -राणा, राजा र कांग्रेसको सरकारले देशको विकास र जनताको सुख समृद्धिका लागि कुनै योजना अगाडि बढाएनन् । सरकार कहिल्यै आधुनिकता र उत्कृष्टतातर्फ केन्द्रित रहेन । -सरकारलाई तिर्नु\बुझाउनुपर्ने यकिन भइसकेको राजश्व मिलेमतोमा छूट माफी गरी देश र जनताको सम्पत्ति\राजश्व खाने, परिवारका सदस्य र नातेदारहरूको मिलेमतोमा योजना रचेर निर्धक्क भ्रष्टाचार गर्ने, प्रहरी प्रशासन र सम्पूर्ण राज्य संयन्त्रको दुरुपयोग गरी सत्ताभोग गर्नेलगायतका देश र जनताविरोधी कार्यहरू नेपाली कांग्रेसको सरकारले गरेको इतिहास छ ।   -नेपाली कांग्रेस फेरि एकपटक नेपाल र नेपालीको विकास, स्थिरता र स्थायित्वका लागि अवरोध बनेर उपस्थित भएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार