शनिबार, वैशाख २९ गते २०८१
Logo
शनिबार, वैशाख २९ गते २०८१

प्रचण्ड–नेपालको प्रसंशा गर्दै देउवाले भने: उनीहरुका उम्मेदवार जिताउनु हाम्रो दायित्व हो

प्रचण्ड–नेपालको प्रसंशा गर्दै देउवाले भने: उनीहरुका उम्मेदवार जिताउनु हाम्रो दायित्व हो

साझा पोष्ट
आइतबार, वैशाख २५ २०७९
  • images
    प्रचण्ड–नेपालको प्रसंशा गर्दै देउवाले भने: उनीहरुका उम्मेदवार जिताउनु हाम्रो दायित्व हो
    images
    २५ बैशाख, पोखरा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका लागि गठबन्धन जोगाउनु आवश्यक रहेको बताएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्रको विरुद्धमा रहेकाले पनि गठबन्धन जोगाउनु परेको उनको भनाइ छ । आइतबार कास्कीको पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धन जोगाउनका लागि तालमेल भएका स्थानमा इमान्दारीपूर्वक कांग्रेसले गठबन्धनका उम्मेदवारलाई भोट हाल्नुपर्ने बताए । ‘कांग्रेसका लागि गठबन्धन आवश्यक छ, ओलीको आतंकित शासनविरुद्ध बनेको गठबन्धन विजय हुन जरुरी छ । उनी गणतन्त्रको खिलापमा छन्’ देउवाले भने । तालमेल गर्दा अन्य दलले कांग्रेसलाई धेरै ठाउँ छाडेकोले कांग्रेसले पनि इमान्दारीपूर्वक भोट हाल्नुपर्ने उनको भनाइ थियो । ‘प्रचण्ड, माधवजीहरूले हामीलाई धेरै ठाउँ छाड्नु भएको छ, गठबन्धनलाई जिताउनु उहाँहरूको भन्दा हाम्रो बढी कर्तव्य हो । बढी मेहनत गरेर, बढी ध्यान दिएर जिताउनु होला,’ देउवाले भने ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार