शनिबार, वैशाख २९ गते २०८१
Logo
शनिबार, वैशाख २९ गते २०८१

स्थानीय तह निर्वाचन लगत्तै संसदको बजेट अधिवेशन

स्थानीय तह निर्वाचन लगत्तै संसदको बजेट अधिवेशन

साझा पोष्ट
आइतबार, वैशाख २५ २०७९
  • images
    स्थानीय तह निर्वाचन लगत्तै संसदको बजेट अधिवेशन
    images
    २५ बैशाख, काठमाडौं । सरकारले जेठ ३ गते बजेट अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ३ गते दिउँसो ४ बजे अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन बोलाउने संवैधानिक व्यवस्था छ। जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। त्यसको कम्तीमा १५ दिनअघि नै प्रि–बजेट छलफल गर्नुपर्ने प्रतिनिधिसभाको नियमावलीमा व्यवस्था छ। अघिल्लो वर्ष सरकारले अध्यादेशबाट बजेट ल्याएको थियो । सरकारले गत चैत १ गते संसदको हिउँदे अधिवेशन अन्त्य गरेको थियो । दशौँ अधिवेशन नेकपा एमालेको अवरोधका कारण अवरुद्ध हुँदै आएको थियो। दशौँ अधिवेशनबाट एमसिसी सम्झौता अनुमोदन भएको थियो भने प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्धको महाभियोग प्रस्ताव दर्ता भएको छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार