आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

प्रकाशमान सिंह दम्पत्तिसँग एमालेका रामवीर मानन्धरको त्यो गोप्य भेटवार्ता

प्रकाशमान सिंह दम्पत्तिसँग एमालेका रामवीर मानन्धरको त्यो गोप्य भेटवार्ता

साझा पोष्ट
आइतबार, वैशाख २५ २०७९
  • images
    प्रकाशमान सिंह दम्पत्तिसँग एमालेका रामवीर मानन्धरको त्यो गोप्य भेटवार्ता
    images
    नेकपा एमालेका नेता तथा पूर्वमन्त्री रामवीर मानन्धरले कांग्रेस नेता प्रकाशमान र उनकी श्रीमती तथा काठमाडौं महानगरपालिकामा गठबन्धन दलहरुको तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंहसँग गोप्य वार्ता गरेका छन् । रामवीरले शिनवार साँझ ठमेलको एउटा होटलमा गोप्य भेटवार्ता गरेका हुन् । सिंह दम्पत्तिसँग भलाकुसारी गर्न रामवीर साँझ पौने ७ बजे अमृत साइन्स क्याम्पस पछाडिको होटल अलफ्टमा पुगेका थिए। उनीहरु तीन जनाबीच स्थानीय तहको निर्वाचनबारे एक घण्टाभन्दा बढी समय गोप्य कुराकानी भएको हो । सिंह दम्पत्ति रामवीर पुग्नु अगावै होटलमा पुगेका थिए । रामवीर पौने ७ बजेदेखि ७ बजेको समयमा होटलभित्र छिरेका हुन् । भेटघाटपछि मानन्धर राति ८ बजेको हाराहारीमा निस्केको स्रोतको दाबी छ । एमालेको तर्फबाट मेयर उम्मेदवारमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोल उठेका छन् । यसअघि मेयरको निम्ति एमाले जिल्ला कमिटीले वर्तमान मेयर विद्यासुन्दर शाक्यसहित स्थापित र रामवीरको नाम सिफारिस गरेको थियो । मेयरमा शाक्यपछि आफ्नो पल्ला भारी भएको अनुमान गरेका मानन्धरले स्थापितले टिकट प्राप्त गरेपछि ‘नसोचेको’ भयो भन्दै हिँडेका थिए । एमाले र तत्कालीन नेकपाभित्रको अन्तरविरोधको मौका छोपेर शहरी विकास राज्यमन्त्री बनेका मानन्धरको चाहना पछिल्लो समयमा काठमाडौंको मेयर हुने थियो । यसअघि उनी पटक पटक १६ नम्बर वडाको वडाध्यक्ष भएका थिए । अहिले उनी सो क्षेत्रका सांसद हुन् । बालाजु बाइपास घर भएका रामवीरलाई सो क्षेत्रमा सडक बिस्तार गर्ने नाममा आफ्नो घर जोगाएर स्थानीयको घर भत्काएको आरोप लाग्दै आएको छ । उनी अष्टनारायण फिल्म हलका मालिक पनि हुन् । –जनआस्थाबाट

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार