आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

भोट हाल्ने दिन बैशाख ३० गते पानी पर्ने विभागको अनुमान

भोट हाल्ने दिन बैशाख ३० गते पानी पर्ने विभागको अनुमान

साझा पोष्ट
आइतबार, वैशाख २५ २०७९
  • images
    भोट हाल्ने दिन बैशाख ३० गते पानी पर्ने विभागको अनुमान
    images
    २५ वैशाख, काठमाडौं । स्थानीय निर्वाचनको दिन ३० वैशाखमा वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायु र भारतको पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको असरले चुनावको दिन पानी पर्न सक्ने महाशाखाको अनुमान छ । मौसम पूर्वानुमान महाशाखाले वैशाख २८ गतेदेखि ३१ गतेसम्मको मौसम पूर्वानुमान विशेष बुलेटिन सार्वजनिक गरेको छ । बुलेटिनका जनाईए अनुसार निर्वाचनको दिन वैशाख ३० गते देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।   प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जनरचटयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन/ चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । सामान्यतया तीन दिनसम्मको मौसम पूर्वानुमानबारे बुलेटिन जारी गरी जानकारी गराउने गरेकाे  महाशाखाले आजनै ३१ गतेसम्मको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । वैशाख २८, २९ र ३० गते देशभर आंशिकदेखि सामान्य बदली हुने र प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन/चटयाङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । । साथै मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना छ । २९ गते मधेश प्रदेशका जिल्लामा हावाहुरी चल्ने सम्भावना पनि छ । अहिले नेपालमा स्थानीय वायु र भारतको बिहार–पश्चिम बंगाल क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव छ । साथै दक्षिण बंगालमा चक्रवात पनि विकसित भएको छ ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार