आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

केशव स्थापितमाथि निर शाहको आक्रोश, भन्छन–राजाको मेयर खाने स्थापित र नजरबन्दमा पर्ने सिंहको तुलना हुन्छ ?

केशव स्थापितमाथि निर शाहको आक्रोश, भन्छन–राजाको मेयर खाने स्थापित र नजरबन्दमा पर्ने सिंहको तुलना हुन्छ ?

साझा पोष्ट
आइतबार, वैशाख २५ २०७९
  • images
    केशव स्थापितमाथि निर शाहको आक्रोश, भन्छन–राजाको मेयर खाने स्थापित र नजरबन्दमा पर्ने सिंहको तुलना हुन्छ ?
    images
    २५ बैशाख, काठमाण्डौ । वरिष्ठ कलाकार निर शाहले काठमाडौं महानगरपालिकाका मेयर उमेदवार सिर्जना सिंहसँग केशव स्थापितको तुलना गर्न नमिल्ने बताएका छन् । शाहले केशव स्थापित भन्दा सिर्जना सिंह धेरै माथि रहेको भन्दै स्थापितको चर्को आलोचना गरेका छन । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा शाहले स्थापितको उम्मेदवारीमाथि केही गम्भीर प्रश्न पनि उठाएका छन । सिंहलाई विगतमा शाही सरकारले नजरबन्दमा राख्दा स्थापितलाई भने तत्कालीन राजाले मेयर पदमा नियुक्त गरेको बताए । “ पार्टीमा लाग्दा सिर्जना सिंहलाई नजरबन्द गरिएको थियो । उहाँको प्रतिस्पर्धामा उत्रिएका केशव स्थापितलाई तिनै निमित्त राजाले संसारभरको सुख, सुविधा दिएर सरकारी राज्यकोष प्रयोग गर्न पाउने गरीकन यही मेयर पदमा नियुक्त गर्नुभएको होइन ? ,” शाहले प्रश्न गरे, “नजरबन्दमा रहने नेत्री सिर्जना सिंहसँग राजाको राज्यकोषबाट सुविधा भोग्ने मान्छेको कुनै तुलना हुन्छ ? ” पार्टीगत स्वार्थका लागि नै स्थापितलाई राजासँग गहिरो सम्बन्ध बनाउन शाही कालमा तत्कालीन पार्टीले मेयरमा पठाएको शाहको दावी छ । । “नत्रभने त्यति सहजै त्यो मानिसले त्यहाँबाट राजीनामा गर्ने, राजीनामा गरिसकेपश्चात फेरी त्यही पार्टीको विभिन्न पदमा घरीघरी पुरस्कृत हुने त्यो इतिहासको बारेमा चिन्तन गर्नु पर्दैन ? ” शाहले भने, “अवश्य गर्नुपर्छ । यो इतिहास खोजिनु जरुरी छ । ” वरिष्ठ कलाकार शाहका अनुसार यो पटक काठमाण्डौको चुनावमा 'राजाको पाउ पर्न जाने र लोकतन्त्रका लागि नजरबन्दमा पर्ने'बीच प्रतिस्पर्धा भैरहेको उनले बताए । काठमाडौंमा जित लोकतन्त्रको हुने बताउँदै लोकतन्त्रवादीले नहार्ने समेत शाहको दाबी छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार