आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

एमालेले लगाएका आरोपको कांग्रेसले खण्डन गर्ने

एमालेले लगाएका आरोपको कांग्रेसले खण्डन गर्ने

साझा पोष्ट
आइतबार, वैशाख २५ २०७९
  • images
    एमालेले लगाएका आरोपको कांग्रेसले खण्डन गर्ने
    images
    २६ बैशाख, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफूविरुद्ध लगाएका आरोपको प्रतिवाद गर्ने भएको छ। एमालेले आइतबार मतदाताका लागि जारी गरेको ६७ बुँदे अपिलमा आरोपै आरोप लगाएपछि कांग्रेसले पत्रकार सम्मेलन गरी त्यसको प्रतिवाद गर्न लागेको हो। कांग्रेसले सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। पत्रकार सम्मेलन एमालेले मतदाताका लागि जारी गरेको अपिलमा केन्द्रित हुने कांग्रेस प्रवक्ता डा‍. प्रकाशशरण महतको सचिवालयले जनाएको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ६७ बुँदे अपिलमार्फत एमालेले कांग्रेसविरुद्ध थुप्रै आरोप लगाएर मतदाता रिझाउने प्रयास गरेको थियो।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार