शनिबार, वैशाख २९ गते २०८१
Logo
शनिबार, वैशाख २९ गते २०८१

४ म्यादी प्रहरीको मृत्यु, ४८ जना बर्खास्त

४ म्यादी प्रहरीको मृत्यु, ४८ जना बर्खास्त

साझा पोष्ट
आइतबार, वैशाख २५ २०७९
  • images
    ४ म्यादी प्रहरीको मृत्यु, ४८ जना बर्खास्त
    images
    आसन्न स्थानीय तहको चुनावको सुरक्षामा खटिएका ४ म्यादी प्रहरीको मृत्यु भएको छ। दुई जनाको लडेर मृत्यु भएको हो। एक जना मृत भेटिएको र अर्काले भने आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक विष्णुकुमार केसीका अनुसार वैशाख ३ गते घरबाट कार्यक्षेत्रमा फर्किने क्रममा नुवाकोटमा भीरबाट लडेर बेलकोटगढी नगरपालिका १२ का २६ वर्षीय योगेन्द्र न्यौपानेको मृत्यु भएको हो। यस्तै वैशाख ८ गते सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ६ मा खटिएका ४० वर्षीय दुर्गासिंह बस्नेतको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । हुम्ला सर्केगाड गाउँपालिका–६ घर भएका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकाया वैशाख १५ गते सिमकोटको माथिल्लो बजारमा मृत भेटिएका हुन्। यस्तै, सिन्धुपाल्चोककी एक महिलाले विष खाएर आत्महत्या गरेको प्रहरीको भनाइ छ । ४८ जना म्यादी बर्खास्त वैशाख ३० गते ७५३ स्थानीय तहमा एकैपटक हुन लागेको निर्वाचनको सुरक्षाका लागि एक लाख म्यादी प्रहरी भर्ना गरिएको छ । तीमध्ये ४८ जनालाई कारबाहीस्वरूप बर्खास्त गरिएको प्रवक्ता केसीले जानकारी दिए । उनीहरूले आचरण विपरीतका गतिविधि गरेका कारण केहीलाई बर्खास्त गर्नेदेखि केहीलाई कानूनी कारबाहीका लागि हिरासतमा पनि राखिएको प्रहरीले जनाएको छ। प्वक्ता केसीका अनुसार सामाजिक सञ्जालको दुरुपयोग, मादक पदार्थ सेवन र तोकिएको समयमा उपस्थित नहुने म्यादी प्रहरीलाई कारबाही गरिएको हो। चुनावका लागि सुरक्षामा खटिएका म्यादी प्रहरीले प्रहरी जवानसरहको सेवासुविधा पाउने व्यवस्था गरिएको छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार