आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

निर्वाचनको पूर्वसन्ध्यामा के हो प्रचण्डले देखेको षडयन्त्र ?

निर्वाचनको पूर्वसन्ध्यामा के हो प्रचण्डले देखेको षडयन्त्र ?

साझा पोष्ट
आइतबार, वैशाख २५ २०७९
  • images
    निर्वाचनको पूर्वसन्ध्यामा के हो प्रचण्डले देखेको षडयन्त्र ?
    images
    २६ बैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचन अग्रगमन र प्रतिगमनको लडाइँ भएको बताएका छन्। सोमबार सन्देश जारी गरी प्रचण्डले संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्व विरोधी तथा उत्पीडित, उपेक्षित जनता अधिकार सम्पन्न भएको नरुचाउने प्रतिगामीले संविधान र ऐतिहासिक उपलब्धिविरुद्ध ठूलो षड्यन्त्र गरिरहेको दाबी गरेका हुन्। ‘हामीले निर्वाचनलाई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमन र प्रतिगमनको लडाइँको रूपमा लिएका छौँ’, उनले भनेका छन्। साँचो अर्थमा जनताले संघीयता महसुस गर्न नपाएको भन्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने चुनौती रहेको प्रचण्डको भनाइ छ । ‘हामीले खोजेको संघीयता, समावेशी समानुपातिक प्रतिनिधित्व र सामाजिक न्याय अझै पनि जनताले अनुभूति गर्न सकेका छैनन्’ उनको भनाइ छ, ‘त्यसैले स्थानीय तहलाई अधिकार सम्पन्न तुल्याउँदै स्थानीय विशेषतामा आधारित विकास, शिक्षा,स्वास्थ्य, रोजगारीको सुनिश्चितता मार्फत सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने चुनौती हाम्रो सामु छ।’ कृषिमा अनुदानमार्फत् उत्पादन, किसान पेन्सन, औद्योगिकरण तथा ग्रामिण आत्मनिर्भर अर्थतन्त्रबाट रोजगारी जस्ता कुराको प्रत्याभूति नभइ साँचो अर्थमा लोकतन्त्रको अनुभूति जनताले गर्न नसक्ने उनको भनाइ छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार