आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

ओलीलाई कांग्रेसको प्रश्न–दुई पटक संसद विघटन गर्नेले के मुखले भोट माग्दै हुनुहुन्छ ?

ओलीलाई कांग्रेसको प्रश्न–दुई पटक संसद विघटन गर्नेले के मुखले भोट माग्दै हुनुहुन्छ ?

साझा पोष्ट
सोमबार, वैशाख २६ २०७९
  • images
    ओलीलाई कांग्रेसको प्रश्न–दुई पटक संसद विघटन गर्नेले के मुखले भोट माग्दै हुनुहुन्छ ?
    images
    २६ बैशाख, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरी आरोप लगाएपछि नेपाली कांग्रेसले त्यसको प्रतिवाद गर्दै जवाफ फर्काएको छ । कांग्रेसले पनि पत्रकार सम्मेलन गरी ओलीका आरोपको खण्डन गरेको हो । पार्टी कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गर्दै काँग्रेस प्रवक्ता प्रकाशशरण महतले ओलीले झुटमाथि झुट बोलेको बताए । ‘हामी झुटो राजनीति गर्दैनौं ।’ काँग्रेस प्रवक्ता महतले भने–केपी ओलीजीले हिजो झुटमाथि झुट बोल्नुभयो ।’ एमाले अध्यक्ष ओलीले विभिन्न आरोप लगाउँदै भोट मागेकोमा कांग्रेसले ओलीलाई के भनेर भोट मागेको भनेर प्रश्न समेत गरेको छ ।ओली प्रधानमन्त्री हुँदा दुई पटक प्रतिनिधिसभा विघटन गरेको सन्दर्भ निकाल्दै कांग्रेस प्रवक्ता महतले के मुखले भोट माग्नुहुन्छ भन्दै एमाले अध्यक्ष ओलीलाई प्रश्न गरे । 'आर्थिक सुशासन, विकास, अन्तर्राष्ट्रिय सम्बन्ध, संविधान निर्माण, कानुनको शासनको कोणबाट उहाँ असफल हुनुहुन्छ । उहाँको नेतृत्व असफल हो । के मुखले भोट माग्दै हुनुहुन्छ ?' उनले भने,-'पाँच वर्षका लागि निर्वाचित सरकारको नेतृत्वले साढे ३ वर्षमै २ पटक हात उठायो । पुनःस्थापना भएपछि फेरि विघटन । फेरि पनि पुनःस्थापना भएपछि कांग्रेस आउनुपर्‍यो ।' तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ र २०७८ जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेका थिए । दुवै विघटनलाई सर्वोच्च अदालतले उल्ट्याइदिएको थियो । 'उहाँले विकास, सुशासन, भ्रष्टाचारमुक्त समाजको कुरा गर्न मिल्छ ? कमिसनलाई पर्खिँदा–पर्खिदाँ कसले बढी दिन्छ भन्ने बाटोमा जाँदा मुलुकको बेहाल भएको छ ।’ प्रवक्ता महतले यसअघिको सरकारको पालामा भ्रष्टाचार भएको पनि बताए । महतले कांग्रेसको नीति र कार्यक्रमको ब्याज एमालेले खाएको टिप्पणी गरे । ‘नेपाली कांग्रेसले नीति र कार्यक्रम देशमा कार्यान्वयन गर्यो। त्यसको ब्याज सावाँसहित खाने पार्टी एमाले पार्टी हो,’ महतले भने। साथै, उनले एमाले अध्यक्ष ओलीले झुटो आरोप कांग्रेसमाथि लगाएको बताए। ‘झुटो आरोपको पुलिन्दा ओलीजीले लगाउनुभएको छ। झुटमाथि झुट,’ उनले भने, ‘ब्याज साउँसहित खाने पार्टी स्थापना भएको उहाँले बिर्सनुभयो। उहाँहरुको अगाडि नेपाली कांग्रेस पार्टीको विरोध गर्ने कुनै आधार छैन ।’  महतले एमाले प्रचार गर्न सिपालु भएको टिप्पणी गरे। ‘हामीलाई थाहा छ उहाँहरु प्रचार गर्न सिपालु हुनुहुन्छ। नभएका कुरालाई पनि भएजस्तो भएका कुरालाई नभएको जस्तो,’ उनले भने, ‘हामी त्यो जान्दैनौं। हामी यथार्थको धरातलमा राजनीति गर्छौैं। झुटको खेती हामी गर्दैनौं। त्यही फरक एमाले पार्टीका ओलीजी र हामीमा छ।’  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार