आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

‘ असार १७ ओलीको मनोवैज्ञानिक झटारो मात्रै, गठबन्धन टुट्दैन’

‘ असार १७ ओलीको मनोवैज्ञानिक झटारो मात्रै, गठबन्धन टुट्दैन’

साझा पोष्ट
सोमबार, वैशाख २६ २०७९
  • images
    ‘ असार १७ ओलीको मनोवैज्ञानिक झटारो मात्रै, गठबन्धन टुट्दैन’
    images
    २६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धन कमजोर बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले असार १ठ को मनोवैज्ञानिक झटारो हानेको र त्यसले काम नगर्ने टिप्पणी गरेका छन । ज्योतिषीले भनेको भनेर असार १७ पछि पाँच दलको 'गठबन्धन टुट्ने' दाबी र प्रचार गर्दै आएका एमाले अध्यक्ष ओलीलाई कांग्रेसले जवाफ दिएको हो । ‘यो चुनावका बेलामा ओलीले हानेको मनोवैज्ञानिक झटारो मात्र हो ।’ महतले भने ‘यो लक्ष्यमा पुग्दैन । यो गठबन्धन कायम रहन्छ ।’ओलीले गठबन्धन नचलोस् भन्ने चाहनु स्वाभाविक भन्दै महतले संविधान र लोकतन्त्र बलियो पार्न सहकार्य गर्ने मार्गचित्र तयार रहेको बताए । 'हामीले आगामी मार्गचित्र कोरेका छौं, गठबन्धनलाई अगाडि लैजानका लागि ।’ महतले भने– उहाँ त गठबन्धन तोडियोस् भन्ने चाहनुहुन्छ । उहाँ नचलोस् भन्ने चाहनुहुन्छ । कांग्रेस लोकतन्त्र, संविधान बलियो पार्नका निम्ति सहकार्य गर्न तयार छ ।’

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार