शनिबार, वैशाख २९ गते २०८१
Logo
शनिबार, वैशाख २९ गते २०८१

विप्लव संसदवादमा फसे त्यसैले नयाँ पार्टी बनायौं : धर्मेन्द्र बास्तोला

विप्लव संसदवादमा फसे त्यसैले नयाँ पार्टी बनायौं : धर्मेन्द्र बास्तोला

साझा पोष्ट
सोमबार, वैशाख २६ २०७९
  • images
    विप्लव संसदवादमा फसे त्यसैले नयाँ पार्टी बनायौं : धर्मेन्द्र बास्तोला
    images
    २६ वैशाख, काठमाडौं । नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले नेत्रविक्रम चन्द संसदवादमा फँसेकोले नयाँ पार्टी बनाएको प्रष्टिकरण दिएका छन । अलग पार्टी बनाउने गरी तीन दिनसम्म चितवनमा भएको विशेष राष्ट्रिय भेलाका निर्णय सार्वजनिक गर्दै बास्तोलाले नयाँ पार्टी गठनको औचित्य प्रष्ट्याउने प्रयास गरेका हुन । ‘तत्कालीन महासचिव नेत्रविक्रम चन्द र प्रवक्ता खड्गबहादुर विश्वकर्मा संसद्‌वादमा फसिसकेकाले पार्टी पुनर्गठन गरेका हौं ।’ बास्तोलाले पत्रकार सम्मेलनमा भने  ।  विप्लव र प्रकाण्ड पार्टी निर्णय विपरित गएपछि नयाँ पार्टी बनाउनुको विकल्प नरहेकाे उनकाे तर्क छ ।   'पार्टी चुनावमा नजाने भएपछि पनि प्रवक्ता पार्टी चुनावमा जाने, पार्टी दर्ताको प्रयास गर्ने, चुनावमा केन्द्रीय समिति सदस्य उठाउने र उठाउन प्रयत्न गर्ने काम भयो ।’ उनले भने– पार्टी नीति बाहिर चुनावमा उठाउने र कतिपय केन्द्रीय समिति सदस्यहरू त एमालेको चुनाव चिह्न लिएर चुनावमा जान लालायित भएपछि यसरी समय बर्बाद गर्नु ठीक हुँदैन भनेर भेला गर्‍यौं र बहुमत पार्टी सदस्यले नेकपा (बहुमत) भनेर पुनर्गठन गरेका छौं ।’   आफूहरूमाथि आर्थिक अनियमिताको आरोप गलत रूपमा लगाइएको पनि उनले बताए । बास्तोलाले विचार र संगठनात्मक रूपमा बहुमत आफ्नो पक्षमा रहेको दाबी गरे । उनले पार्टीको कार्यदिशा र कार्यक्रमबारे पनि जानकारी गराएका छन् । यो समूहले एकीकृत जनक्रान्तिको दिशा खारेज गरेको छ । ‘पार्टीको मूल कार्यदिशा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने । कार्यदिशा पूरा गर्नका निम्ती कार्यनीतिका रूपमा अहिले स्वाधिन संयुक्त सरकार, राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, समृद्धि र स्वाधिनताको नारा अगाडि सारेका छौं ।’ संयोजक बास्तोलाले भने । नेकपा बहुमतले मौजुदा संसदीय व्यवस्था रहुन्जेल राजनीतिक स्थिरता नहुने बताएको छ।मुलुकमा राजनीतिक स्थिरताका लागि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका निर्वाचित हुनुपर्ने यो पार्टीको माग छ ।   वर्तमान व्यवस्थाको चरित्रबारे बास्तोलाले भने, ‘संसदीय व्यवस्थाको अन्तर्निहित चरित्र भनेको अस्थिरता हो। किन अस्थिरता हुन्छ भने प्रधानमन्त्री निर्वाचित हुँदैन, मनोनयन हुन्छ।’   त्यस्तै, उनले व्यवस्थापिकाले व्यवस्थापिकाको काम नगरेको बताए। ‘केही मुख्य मान्छे प्रधानमन्त्री, मन्त्री बन्ने हुन्छ। व्यवस्थापिकाको सानो झुन्डले न्यायपालिकाको भविष्य निर्धारण गर्छ। जहाँ पैसाले खरिदबिक्री गरिन्छ,’ उनले भने। आफूहरूले प्रस्ताव गरेको कार्यक्रमले यो सबै विषय समाधान गर्ने दाबी बास्तोलाको छ। उनले भने, ‘हाम्रो कार्यक्रमभित्र निर्वाचित कार्यपालिका, निर्वाचित व्यवस्थापिका र निर्वाचित न्यायपालिका रहनेछ, जसले राजनीतिक स्थिरता कायम गर्छ।’

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार