शनिबार, वैशाख २९ गते २०८१
Logo
शनिबार, वैशाख २९ गते २०८१

काठमाडौंको वडा नं ३२ मा सत्ता गठबन्धनबीच चुनावी तालमेल, नेकपा एसले नेतृत्व पायो

काठमाडौंको वडा नं ३२ मा सत्ता गठबन्धनबीच चुनावी तालमेल, नेकपा एसले नेतृत्व पायो

साझा पोष्ट
सोमबार, वैशाख २६ २०७९
  • images
    काठमाडौंको वडा नं ३२ मा सत्ता गठबन्धनबीच चुनावी तालमेल, नेकपा एसले नेतृत्व पायो
    images
    २६ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर ३२ मा सत्ता गठबन्धनका प्रमुख तीन दलले चुनावमा सहकार्य गर्ने निर्णय गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले मिलेर जाने सहमति भएको छ । अब वडाध्यक्षमा एकीकृत समाजवादीकी सीता कँडेल पराजुली सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार बनेकी छन् । त्यस्तै महिला सदस्यकी उम्मेदवार एकीकृत समाजवादीकी सरिता खनाल, खुला सदस्यमा नेपाली कांग्रेसका सुवास रिमाल र रुद्रकुमार लाकौल गठबन्धनको आधिकारिक उम्मेदवार बनेका छन् ।   कांग्रेस वडा सभापति सुभास चन्द्र पराजुली, माओवादी केन्द्रका संयोजक रामसुन्दर श्रेष्ठ र एकीकृत समाजवादीकी वडाध्यक्ष सीता कँडेल ९पराजुली०ले चुनावी तालमेल सम्बन्धी प्रतिबद्धतामा सोमबार हस्ताक्षर गरेका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार