आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

बुद्धिजीवीको क्षमतामाथि ओलीको प्रश्न, भन्छन– मेरो विचार बुझ्ने बुद्धिजीवी नेपालमा थोरै मात्र छन

बुद्धिजीवीको क्षमतामाथि ओलीको प्रश्न, भन्छन– मेरो विचार बुझ्ने बुद्धिजीवी नेपालमा थोरै मात्र छन

साझा पोष्ट
सोमबार, वैशाख २६ २०७९
  • images
    बुद्धिजीवीको क्षमतामाथि ओलीको प्रश्न, भन्छन– मेरो विचार बुझ्ने बुद्धिजीवी नेपालमा थोरै मात्र छन
    images
    २६ बैशाख, पोखरा । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका बुद्धिजीको ज्ञान,क्षमता र हैसियतमाथि प्रश्न उठाएका छन । पोखरामा एमालेले गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले बुद्धिजीबीको ल्याकतमाथि प्रश्न उठाएका हुन । बुद्धिजीवीहरूप्रति आक्रोश व्यक्त गर्दै ओलीले आफ्नो विचार बुझ्ने बुद्धिजीवी नेपालमै नभएको समेत दावी गरे । ‘मेरो विचारलाई बुझ्ने बुद्धिजीवी नेपालमा थोरै मात्र छन । मैले राखेको राष्ट्र निर्माणको विचारलाई उखान टुक्का भन्छन् । ’ ओलीले भने । ओलीका अनु्सार नेपालमा बुद्धिजीवी नै छैनन । ‘काँग्रेसले नेता कार्यकर्ताले त मेरो विचार बुझ्ने हैसियत नै राख्दैनन् ठिकै छ तर बुद्धिजीवीहरूले त बुझ्न पर्‍यो नि ? ओलीले आक्रोश व्यक्त गर्दै भने– त्यसैले मैले उनीहरूलाई सो कोल्ड बुद्धिजीवी भन्ने गरेको छु । ’ गठबन्धनले निर्वाचनमा धाँधली गराउनका लागि कसरत गरिरहेको आरोप लगाउँदै ओलीले शान्तिपूर्ण निर्वाचन गराउनका लागि निर्वाचन आयोग र प्रहरी प्रशासनसँग आग्रह गरे । ओलीले कार्यक्रममा पाँच दलीय गठबन्धन देशको कलङ्क भएको आरोप पनि लगाए । उनले गठबन्धनले चुनाव जित्न धाँधली गर्ने भन्दै चनाखो बन्न समेत कार्यकर्तालाई आग्रह गरे ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार