शनिबार, वैशाख २९ गते २०८१
Logo
शनिबार, वैशाख २९ गते २०८१

१३ औं सागकी स्वर्ण विजेता सञ्जु मृत फेला

१३ औं सागकी स्वर्ण विजेता सञ्जु मृत फेला

साझा पोष्ट
सोमबार, वैशाख २६ २०७९
  • images
    १३ औं सागकी स्वर्ण विजेता सञ्जु मृत फेला
    images
    २७ बैशाख, काठमाण्डौ । १३ औं दक्षिण एसियाली खेलकुद(साग)मा स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत अवस्थामा भेटिएकी छन । । प्रशिक्षणकै क्रममा केही दिन यतादेखि ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी उनी बिहान ५ः३० बजे मृत अवस्थामा पाइएको प्रहरीले जानकारी दिएकाे छ । सञ्जु सुतेको ढोका भित्रबाट चुक्कुल लगाइएको थियो भने झ्यालमा ग्रिल लगाइएको थियाे ।प्रारम्भिक अनुसन्धानले आत्महत्या देखिने प्रहरीले जनाएको छ । तर यसबारे अनुसन्धान भैरहेको छ । १९ औं एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा सामेल हुन सन्जु काठमाडौं आएकी थिइन् । बाँके राप्ती सोनारी गाँउपालिकाकी स्थायी बासिन्दा सञ्जुले दुई वर्ष अघि स्वदेशमा भएको १३ औं सागमा भारोत्तोलनमा स्वर्ण पदक जितेकी थिइन् । सागमा स्वर्ण पदक जित्ने उनी पहिलो महिला नेपाली खेलाडी हुन् । सागमा सन्जुले महिला ५९ केजी तौल समूहमा श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न जितेकी थिइन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार