शनिबार, वैशाख २९ गते २०८१
Logo
शनिबार, वैशाख २९ गते २०८१

दूरसञ्चार प्राधिकरणलाई आयोगको निर्देशन, सामाजिक सञ्जालमा प्रचार सामाग्री पोष्ट गर्न नदिनु

दूरसञ्चार प्राधिकरणलाई आयोगको निर्देशन, सामाजिक सञ्जालमा प्रचार सामाग्री पोष्ट गर्न नदिनु

साझा पोष्ट
सोमबार, वैशाख २६ २०७९
  • images
    दूरसञ्चार प्राधिकरणलाई आयोगको निर्देशन, सामाजिक सञ्जालमा प्रचार सामाग्री पोष्ट गर्न नदिनु
    images
    २७ बैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आज मंगलबार मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ । मतदान वैशाख ३० गते शुक्रबार हुँदैछ । मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।​ आयोगले मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारका सामग्री हटाउन निर्देशन दिएको छ । मौन अवधिअगावै उम्मेदवार र उनीहरूका प्रशंसकका फेसबुक, ट्वीटर, टिकटकलगायत सामाजिक सञ्जालमा रहेका आचारसंहिताविपरीतका चित्र, पोष्ट हटाउन आयोगले भनेको छ। आयोगले नयाँ सामग्री पोष्ट नगर्न निर्देशन दिन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन पनि दिएको छ। सरकारले मतदानका दिन वैशाख ३० गते अत्यावस्यकबाहेक यातायातका साधन बन्द गर्ने निर्णय गरेको छ। –मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभासम्मेलन, कार्यशाला, गोष्ठी गर्न पाइने छैन । –निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने –मौन अवधि सुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आआफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्नेछ । –एसएमएस, फेसबुक, भाइबर जस्ता सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन । –मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइने छैन ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार