आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

घरदैलो अभियानपछि उपमेयर र वडाध्यक्षका उम्मेदवारको मृत्यु, अव के होला मतदान ?

घरदैलो अभियानपछि उपमेयर र वडाध्यक्षका उम्मेदवारको मृत्यु, अव के होला मतदान ?

साझा पोष्ट
सोमबार, वैशाख २६ २०७९
  • images
    घरदैलो अभियानपछि उपमेयर र वडाध्यक्षका उम्मेदवारको मृत्यु, अव के होला मतदान ?
    images
    २७ बैशाख । स्थानीय तह निर्वाचनको मतदान गर्ने दिन नजिकिँदै जाँदा दुई जना उम्मेदवारको मृत्यु भएको छ । गएराती एक नगरपालिकाका उपमेयरका उम्मेदवार र एक वडाध्याक्षका उम्मेदवारको मृत्यु भएको हो । कपिलबस्तुको महाराजगञ्ज नगरपालिकाकी उपमेयरकी उम्मेदवार सुभावती कुर्मीको मृत्यु भएको छ । दिनभर घरदैलोमा सहभागी भएर आएकी कुर्मीको सोमबार राति १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । छातीमा समस्या भएपछि तौलिहवा अस्पताल पुर्याइएकोमा उपचारकै क्रममा मृत्यु उनको भएको हो । उनी नेपाली कांग्रेसका तर्फबाट उपमेयर पदको उम्मेदवार बनेकी थिइन् । कुर्मीको मृत्युबारे निर्वाचन आयोगलाई जानकारी गराइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको पनि मृत्यु भएको छ । चुनाव प्रचारको क्रममा विरामी परेपछि उनलाई उपचारका लागि दुईपटक नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियो । तर, स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याइएको थियो । नेकपा एमालेबाट उम्मेदवार बनेका चौधरी मिर्गौला र कलेजो सम्बन्धी समस्याबाट पीडित थिए । उनी यसअघि वडा नम्बर १७ को वडा सदस्य भएर काम गरेका थिए । स्थानीय तह निर्वाचन ऐनमा व्यवस्था भए अनुसार उम्मेदवारको मृत्यु भए निर्वाचन स्थगित हुन्छ । मतदानको मिति सात दिनभन्दा बढी भएमा नयाँ निर्वाचन कार्यक्रम बनाएर मतदान गर्ने व्यवस्था छ । यदि सात दिनभन्दा कम समय भएको अवस्थामा उम्मेदवारको मृत्यु भएमा भने सम्बन्धित स्थानको मतदात स्थगित हुन्छ ।  निर्वाचनको मिति आउन अव ३ दिन मात्र बाँकी रहेकाले अव यी दुबै ठाउँको बाँकी निर्वाचन प्रकृया अघि बढ्ने छैन ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार