शनिबार, वैशाख २९ गते २०८१
Logo
शनिबार, वैशाख २९ गते २०८१

गठबन्धन किन जन्म्यो, कहिलेसम्म रहन्छ ? यस्तो छ प्रधानमन्त्री देउवाको तर्क

गठबन्धन किन जन्म्यो, कहिलेसम्म रहन्छ ? यस्तो छ प्रधानमन्त्री देउवाको तर्क

साझा पोष्ट
मंगलबार, वैशाख २७ २०७९
  • images
    गठबन्धन किन जन्म्यो, कहिलेसम्म रहन्छ ? यस्तो छ प्रधानमन्त्री देउवाको तर्क
    images
    २७ बैशाख, काठमाडौै । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई भोट माग्दै आफूहरु जे भन्छौं त्यो पूरा गरेर छाड्ने प्रतिवद्धता जनाएका छन् । मंगलबार एक अपिल जारी गर्दै उनले कांग्रेसले जे भन्छ त्यो पूरा गर्ने र मतदातालाई खोक्रो नारा र सस्तो लोकप्रियताको भ्रममा नपार्ने बताएका छन् । स्थानीय तहको निर्वाचन सम्पन्न गराएर संविधानको कार्यान्वयनमा फेरि एकपटक ईटा थप्ने अवसर कांग्रेसलाई प्राप्त भएको भन्दै देउवाले स्थानीय तह निर्वाचनमा मत व्यक्त गर्दा ध्यान दिन मतदातालाई अपिल गरेका छन् । ‘अरु कुरा गर्छन्, हामी काम गर्छौं’ । ‘सबल स्थानीय सरकारः समुन्नत गाउँ, समुन्नत नगर’ हाम्रो मूलमन्त्र हो’ देउवाले भनेका छन् । उनले संविधान सभाले बनाएको संविधानलाई कुल्चेर जनादेशको घोर अपमान गरी पटक–पटक संसद विघटन गरेर अधिनायकवादी शैली प्रदर्शन गर्दा कांग्रेसले संविधानको रक्षा गरेको दावी गरे । यही परिवेशमा पाँच दलीय गठबन्धन बनेको भन्दै देउवाले यो निर्वाचनमा समेत गठबन्धनलाई निरन्तरता दिनुपर्ने अवस्था रहेकोमा जोड दिएका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार