आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

बाबुराम भट्टराईको गृहनगर पालुङटारमा जसपा र एमालेबीच चुनावी तालमेल

बाबुराम भट्टराईको गृहनगर पालुङटारमा जसपा र एमालेबीच चुनावी तालमेल

साझा पोष्ट
मंगलबार, वैशाख २७ २०७९
  • images
    बाबुराम भट्टराईको गृहनगर पालुङटारमा जसपा र एमालेबीच चुनावी तालमेल
    images
    डा बाबुराम भट्टराईको गृह नगर गोरखाको पालुङटार नगरपालिकामा नेकपा एमाले र जनता समाजवादी पार्टी जसपाबीच चुनावी तालमेल भएको छ। जसपाले मेयर लिने र एमालेले उपमेयर लिने गरी चुनावी तालमेल भएको हो। जसपा जिल्ला अध्यक्ष यानप्रसाद भट्ट र एमाले जिल्ला अध्यक्ष प्रेम गुरूङले चुनावी तालमेल सहमति पत्रमा हस्ताक्षर गरेका छन्। जसपाले कांग्रेसलाई उपमेयर छाड्ने गरी चुनावी तालमेल प्रयास गरे पनि सफल हुन नसकेपछि एमालेसँग तालमेल गरेको हो। जसपा संघीय परिषद् अध्यक्ष भट्टराई नेकपा एमालेको चर्को आलोचक थिए । तर आलोचक भए पनि एमालेसँग नै तालमेल भएको हो । वडा नम्बर ६, ७ र १० मा नेकपा एमालेलाई सहयोग गर्ने र वडा नम्बर ४ र ५ मा जनता समाजवदीलाई सघाउने छन् । साथै, जिल्लाको अन्य पालिका र वडामा पनि एकआपसमा सहमति गरी निर्वाचनमा जाने निर्णय भएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार