आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

बुद्धको जन्मस्थलबारे विवादाष्पद अभिव्यक्ति दिने भारतीय प्रधानमन्त्री मोदी बुद्ध जयन्तीमै लुम्बिनी आउने

बुद्धको जन्मस्थलबारे विवादाष्पद अभिव्यक्ति दिने भारतीय प्रधानमन्त्री मोदी बुद्ध जयन्तीमै लुम्बिनी आउने

साझा पोष्ट
मंगलबार, वैशाख २७ २०७९
  • images
    बुद्धको जन्मस्थलबारे विवादाष्पद अभिव्यक्ति दिने भारतीय प्रधानमन्त्री मोदी बुद्ध जयन्तीमै लुम्बिनी आउने
    images
    २७ बैशाख, काठमाडौं । गौतमबुद्धको जन्मस्थलबारे बेलाबेला विवादाष्पद अभिव्यक्ति दिने भारतीय प्रधानमन्त्री प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीको अवसर पारेर लुम्बिनी आउने भएका छन् । पटकपटक नेपाल भ्रमण गरिसकेका मोदी पहिलो पटक लुम्बिनी आउन लागेका हुन् । उनी सन् २०१४ मा नेपाल भ्रमणमा आउँदासमेत लुम्बिनी भ्रमणमा जान चाहे पनि लुम्बिनी गएनन् । आगामी जेठ २ गते बुद्ध जयन्तीको अवसरमा मोदी लुम्बिनी आएर मायादेवी मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम तय भएको छ । उनी भारतीय हेलिकप्टरबाट सिधै लुम्बिनी आउने र भ्रमण सकेर उतै फर्कने बताइएको छ । भ्रमणका क्रममा मोदीले एक ‘मोनास्ट्री’को शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको स्थानीय प्रशासनले जनाएको छ । तर मोदीको भ्रमण कार्यक्रमबारे अझै जिल्ला प्रशासन कार्यालय र लुम्बिनी विकास कोषमा विस्तृत विवरण नआएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेयले बताए । भ्रमणको तयारीलाई लिएर सुरक्षा लगायतका सबै व्यवस्थापन भने मिलाइसकिएको उनको भनाइ छ । बुद्ध जयन्तीका अवसरमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुने र त्यही दुई पक्षीय भेटघाटदेखि नागरिक अभिनन्दन लगायतका कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार