आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

मौन अवधि अघि भोट माग्दै सत्ता गठबन्धनको अन्तिम अपिल , प्रतिस्पर्धा भएका ठाउँमा पनि गठबन्धनकै जित्ने उम्मदेवारलाई भोट दिन आह्वान

मौन अवधि अघि भोट माग्दै सत्ता गठबन्धनको अन्तिम अपिल , प्रतिस्पर्धा भएका ठाउँमा पनि गठबन्धनकै जित्ने उम्मदेवारलाई भोट दिन आह्वान

साझा पोष्ट
मंगलबार, वैशाख २७ २०७९
  • images
    मौन अवधि अघि भोट माग्दै सत्ता गठबन्धनको अन्तिम अपिल , प्रतिस्पर्धा भएका ठाउँमा पनि गठबन्धनकै जित्ने उम्मदेवारलाई भोट दिन आह्वान
    images
    २७ वैशाख, काठमाडौं । सत्तारुढ दलहरुले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको मौन अवधि सुरु हुनु अघि गठबन्धनका उम्मेदवारका पक्षमा मत माग्दै संयुक्त अपिल जारी गरेका छन् । मंगलबार साँझ जारी गरिएको अपिलमा सत्तारुढ गठबन्धनका दल जनताको सुख, दुःखमा एकसाथ रहने प्रतिवद्धता जाहेर गरिएको छ । मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ ।   ‘स्थानीय निर्वाचनले लोकतन्त्रको रक्षा गर्ने छ । अर्को अर्थमा स्थानीय तह नै लोकतन्त्रको प्राणवायु हो । गठबन्धनको बलमा मुलुकको विकास, समृद्धि र लोकतन्त्रको जगेर्ना सम्भव छ ।’ अपिलमा भनिएको छ, ‘–यसर्थ गठबन्धनको पक्षमा मतदानका लागि यहाँहरुले विवेकको प्रयोग गर्नुहुने विश्वास लिएका छौं । यस क्षणमा हामी सदैव जनताको सुख, दुःखमा एकसाथ रहने प्रतिबद्धता जाहेर गर्दछौं ।’ गठबन्धन दलका चार अध्यक्ष र एक जना उपाध्यक्षले संयुक्तरुपमा जारी गरेको अपिलमा कतिपय पालिकामा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ गर्ने सहमति भएपनि गठबन्धनकै जित्ने उम्मेदवारलाई मतदान गर्न आग्रह गरिएको छ । ‘गठबन्धनमा रहेका दलहरुबीच तालमेलको अधिक प्रयत्नका बावजुद कतिपय पालिकामा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ गर्ने सहमति भएको विदितै छ,’ संयुक्त अपीलमा भनिएको छ, ‘मतदानको सन्निकट आइपुग्दै गर्दा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ मा उत्रेका विभिन्न पालिकाका विभिन्न पदका आफ्ना पार्टीका उम्मेदवारको अवस्था आकंलन गरी विजयको नजिक रहेका गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न पार्टी तहमा आह्वान गर्दछौं ।’

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार