शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

जनगायक जीवन शर्मा पुरस्कृत

जनगायक जीवन शर्मा पुरस्कृत

साझा पोष्ट
शनिबार, जेठ २८ २०७९
  • images
    जनगायक जीवन शर्मा पुरस्कृत
    images
    काठमाण्डौ । जनगायक जीवन शर्मालाई बागलुङमा पुरस्कृत गरिएको छ । ‘कलाकार बाबुराम–सरस्वती बज्राचार्य स्मृति पुरस्कार’बाट जनगायक शर्मालाई पुरस्कृत गरिएको हो । उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारीले शर्मालाई २० हजार रुपैयाँ नगद, दोसल्ला र प्रमाणपत्र प्रदान गरे । पुरस्कार ग्रहण गरेपछि रक्तिम सांस्कृतिक अभियानका संस्थापक शर्माले आफ्नै जिल्लामा सम्मानित हुन पाउँदा गौरवको अनुभूति भएको र यसले थप उर्जा दिएको बताए । बागलुङको जैमिनी नगरपालिका–१० राङखानीमा जन्मनुभएका ६२ वर्षीय शर्मा लामो समयदेखि जनपक्षीय संगीत सिर्जना र गायनमा सक्रिय छन ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार