शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

पहिलो पटक यौन सम्पर्क गर्दा ध्यान दिनैपर्ने मुख्य चार कुरा

पहिलो पटक यौन सम्पर्क गर्दा ध्यान दिनैपर्ने मुख्य चार कुरा

साझा पोष्ट
सोमबार, जेठ ३० २०७९
  • images
    पहिलो पटक यौन सम्पर्क गर्दा ध्यान दिनैपर्ने मुख्य चार कुरा
    images
    काठमाडौं । हाम्रो समाजमा यौनका बारेमा कुरा गर्नु अहिले पनि लाजसरमको विषय मानिन्छ । कतिपय त गर्भनिरोधक औषधि तथा अस्थायी साधन कन्डमको नाम लिनसमेत लाज मान्छन् । जसकारण पनि पहिलोपटक यौन सम्पर्क कसरी गर्ने भन्नेबारे सल्लाह लिन चाहने कतिपयले आफ्ना कुरा मनमै दबाएर राख्ने गरेका हुन्छन् । पहिलो यौन सम्पर्कको पल सबैका लागि सम्झनायोग्य हुन्छ । सबैले यसलाई अविस्मरणीय बनाउन चाहन्छन् । तर, पर्याप्त सल्लाह र सीपको अभावका कारण त्यस्तो नहुन पनि सक्छ । सानो गल्तीले जीवनभर पछुतो हुन सक्छ । त्यसकारण पहिलोपटक यौन सम्पर्क गर्दा केही कुरामा ध्यान दिनु आवस्यक छ । कन्डम प्रयोग गर्नु विशेषगरी नवविवाहित दम्पती पहिलो यौन सम्पर्कलाई लिएर निकै उत्साहित हुने गर्छन् ।  अधिकांश जोडीले जोसमा होस गुमाउने गर्छन् । कतिपयले कन्डम प्रयोग गर्न जरुरी मान्दैनन् । जसका कारण बिहे गरेको केही दिनमै पत्नी गर्भवती हुन्छिन् । नचाहँदा नचाहँदै भएको गर्भधारणले उनीहरूलाई अप्ठेरो पर्न सक्छ । प्रायः नवविवाहित पहिलो यौन सम्पर्कको अनुभव अनौठो हुन्छ भन्ने ठान्ने गर्छन् । यो अनौठो त हुन्छ नै । तर, कहिलेकाँही एउटाको मीठो अनुभव अर्काका लागि पीडादायक पनि हुन सक्छ । त्यसकारण एक-अर्काको सल्लाह र रुचिअनुसार मात्र सम्पर्क गर्नुपर्छ । नक्कलदेखि सावधान इन्टरनेटको जमाना, त्यसमाथि पोर्न फिल्म, फोटोग्राफी र विभिन्न साइटको बिगबिगी छ । अचेलका युवायुवतीले स्कुल–कलेज लाइफमै पोर्न फिल्म हेर्ने गरेको पाइन्छ । जसमा अप्राकृतिक यौन सम्पर्क पनि देखाइने गरिन्छ । पहिलो यौनसम्पर्कको बेला आफूले हेरेको पोर्न फिल्मको नक्कल गर्ने कोसिस कहिल्यै पनि गर्नुहँदैन । त्यसले दाम्पत्य जीवनमै संकट पैदा गर्न सक्छ । यौन एउटा कला हो, त्यसकारण पहिलो यौन सम्पर्कलाई जतिसक्यो कलात्मक बनाउनुपर्छ । पछि, आफ्नो पार्टनर पनि अभ्यस्त भएपछि आपसी सहमतिमा जे पनि गर्न सकिन्छ । यसप्रति ध्यान दिनु जरुरी छ । हतार नगर्नु अधिकांश युवक पहिलोपटक यौन सम्पर्क गर्दा हतार गर्छन् । हतार गर्ने बानी घातक हुन्छ । हतार गर्नाले कतिपय युवक सम्पर्क नगर्दै स्खलित हुन्छन् । जसले गर्दा पत्नी असन्तुष्ट हुन्छिन् । यसले पति र पत्नी दुवैलाई ग्लानि हुन्छ । त्यसकारण हतार नगरी प्रेमपूर्वक सम्भोग गर्नुपर्छ । यौन विशेषज्ञ भन्छन् कि पुरुषको दाँजोमा महिलालाई उत्तेजनामा आउन बढी समय लाग्छ । सम्पर्क गर्नुअघि पुरुषले फोर–प्ले (पाक्क्रिडा) मा विशेष ध्यान दिनुपर्छ । पत्नीलाई उत्तेजनामा ल्याउन पतिले उनलाई चुम्बन गर्ने, शरीरका संवेदनशील अंगमा स्पर्श गर्नेलगायतका यौन क्रियाकलाप गर्नुपर्छ । पत्नीलाई उत्तेजनामा ल्याएपछि मात्रै यौन सम्पर्क सुरु गर्नु बेस हुन्छ । पत्नीको भावना बुझ्नु कतिपय पत्नी पतिका अगाडि खुलेर कुरा गर्न सक्दैनन्, पतिलाई दुःखी बनाउन पनि चाहँदैनन् । जसका कारण उनीहरू आफू सन्तुष्ट भएको झुट बोल्छन् । तर, पतिले पत्नी यौन सम्पर्कबाट साँच्चै सन्तुष्ट छिन् कि छैनन्, विचार गर्नुपर्छ । पतिले आफ्नो मात्रै सन्तुष्टि हेर्नुहुँदैन । त्यसका लागि पत्नीसँग सरसल्लाह गरेर अघि बढ्नुपर्छ । पति–पत्नीमा असमझदारी पैदा हुने प्रमुख कसी यौन असन्तुष्टि हो, त्यही भएर पहिलो यौन सम्पर्कमै यी कुरा विचार गर्नु जरुरी हुन्छ । एजेन्सीको सहयोगमा

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार