शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

नेपाल श्रीलंका भन्दा पनि उँधो लाग्न सक्छ: केपी शर्मा ओली

नेपाल श्रीलंका भन्दा पनि उँधो लाग्न सक्छ: केपी शर्मा ओली

साझा पोष्ट
सोमबार, असार २७ २०७९
  • images
    नेपाल श्रीलंका भन्दा पनि उँधो  लाग्न  सक्छ:  केपी शर्मा ओली
    images
    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारका गतिविधि हेर्दा नेपालको आर्थिक अवस्था पनि श्रीलंकाको जस्तो संकटग्रस्त हुन सक्ने बताएका छन ।   सोमबार विभिन्न सञ्चार माध्यमका सम्पादकसँगको छलफलमा उनले मुलुकको आर्थिक अवस्था सरकारका कारण ठीक नभएको बताए । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता र हतियार खरिदमा बजेट विनियोजनजस्ता विषयले श्रीलंकाकै स्थितिमा पुर्‍याउने ओलीको टिप्पणी छ ।   ‘अर्थमन्त्रीको पृष्ठपोषणमा वा हतियार खरिद प्रकरणमा चलाइने गरिएका कुरा र पृष्ठभागबाट गरिएको समर्थनले यो विषय त्यति सहज छैन भन्ने देखाउँछ’ उनले भने, ‘त्यसको प्रभाव कम्तीमा हामी श्रीलंकासम्म पुग्ने नै लक्षण देखिन्छ । त्यस भन्दा अगाडि बढ्न पनि सक्छ । यो अधोगतिमा ब्रेक लगाइन भने त्यो भन्दा उँधो खस्न सक्छ ।’ त्यसैले अहिले नै सतर्क हुनुपर्नेमा ओलीले जोड दिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार