शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

एक वर्षमा १६ करोड २० लाख रुपैयाँको कण्डम भित्रियो

एक वर्षमा १६ करोड २० लाख रुपैयाँको कण्डम भित्रियो

साझा पोष्ट
मंगलबार, साउन १० २०७९
  • images
    एक वर्षमा १६ करोड २० लाख रुपैयाँको कण्डम भित्रियो
    images
    काठमाडौं । पछिल्लो एक वर्षमा विदेशबाट १६ करोड २० लाख रुपैयाँको कन्डम भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको एक वर्षे अवधिको तथ्यांकअनुसार अघिल्लो साउनदेखि यो असारसम्म १६ करोड २० लाख रुपैयाँको ५ करोड २८ लाख ३७ हजार थान कन्डम भित्रिएको छ । नेपालमा विश्वका ७ वटा मुलुकबाट कन्डम आउने गरेको छ । भारत, चीन, दक्षिण कोरिया, थाइल्याण्ड, मलेसिया, संयुक्त अरब इमिरेट्स र अमेरिकाबाट कन्डम आउने गरेको तथ्यांकले देखाएको छ ।जसमध्ये, भारतबाट सबैभन्दा धेरै ११ करोड ७० लाख ९२ हजार रुपैयाँको कन्डम आएको छ । यस्तै, दक्षिण कोरियाबाट २ करोड ४८ लाख रुपैयाँको कन्डम भित्रिएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार