शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

सामसुङको आम्दानी दोब्बरले वृद्धि

सामसुङको आम्दानी दोब्बरले वृद्धि

साझा पोष्ट
बिहीबार , साउन १२ २०७९
  • images
    सामसुङको आम्दानी दोब्बरले वृद्धि
    images
    काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो दोस्रो त्रैमासिक कमाइमा दोब्बर वृद्धि गरेको छ । समसुङ्ले एक वर्ष अघि भन्दा आफ्नो आम्दानी २१.३ प्रतिशतले बढेरअप्रिल–जून महिनामा ७७.२ खर्ब वन (५९.२ अर्ब अमेरिकी डलर) पुगेको जनाएको छ । यसले कम्पनीको इतिहासमा दोस्रो सबैभन्दा उच्च राजस्व सङ्कलनलाई सङ्केत गरेको छ । यसवर्षको पहिलो त्रैमासिकमा ७७.७८ खर्बले वन (५९.७ अरब डलर) रेकर्ड गरिएको राजस्वभन्दा भने सामान्य कमी हो । कम्पनीको यो बर्षको सञ्चालन मुनाफा १२.२ प्रतिशतले बढेर दोस्रो त्रैमासिकमा १४.०९ खर्ब वन (१०.८ अर्ब डलर) पुगेको जनाइएको छ । यो दोस्रो त्रैमासिकको लागि तेस्रो सबैभन्दा उच्च नाफा हो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार