आइतबार, वैशाख २३ गते २०८१
Logo
आइतबार, वैशाख २३ गते २०८१

तस्बिरमा नागपञ्चमी

तस्बिरमा नागपञ्चमी

साझा पोष्ट
मंगलबार, साउन १७ २०७९
  • images
    तस्बिरमा नागपञ्चमी
    images
    काठमाडौं । आज नागपञ्चमी । हरेक वर्ष साउन शुक्लपक्षको पञ्चमी तिथिमा घरघरका मुल ढोकामा नाग टाँसेर नागपञ्चमी मनाइँदैछ । यस पर्वमा नागको पूजा आराधना गरिन्छ । यस दिन नागलाई धारण गर्ने भगवान भोलेनाथ अर्थात शिवको पूजा आराधना गर्नु शुभ मानिन्छ । यसरी नागको तस्बीर टाँस्दा वर्षभरी घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चटयाङको भयबाट पनि बच्न सकिने विश्वास छ । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग व्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ । आज अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागको पूजा गरिन्छ । दुबो, गाईको दूध, अक्षता आदि चढाइएका घरमा अगस्त्य, पुलस्त्य, वैशम्पायन, सुमन्तु र जैमिनी ऋषिले अग्निभय र विषयुक्त जीवको भयबाट बचाउने चतुर्वर्ग चिन्तामणिमा उल्लेख गरिएको छ । -न्यूज एजेन्सी नेपाल 

    प्रतिक्रिया हरु
    थप समाचार