शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

एक्शनमा बालेन्द्र : बानेश्वर कम्प्लेक्सपछि काठमाडौं मल र आरबी कम्प्लेक्स अगाडि पनि डोजर चलाइयो (फोटो)

एक्शनमा बालेन्द्र : बानेश्वर कम्प्लेक्सपछि काठमाडौं मल र आरबी कम्प्लेक्स अगाडि पनि डोजर चलाइयो (फोटो)

साझा पोष्ट
बुधबार, भदौ ८ २०७९
  • images
    एक्शनमा बालेन्द्र : बानेश्वर कम्प्लेक्सपछि काठमाडौं मल र आरबी कम्प्लेक्स अगाडि पनि डोजर चलाइयो (फोटो)
    images
    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अवैध संरचना भत्काउने अभियानलाई तिब्रता दिएका छन् । मेयर शाहले सुन्धारास्थित काठमाडौं मलअगाडि रहेका अवैध संरचना भत्काएका छन् । यसअघि ३५ दिने सूचना निकाल्दा पनि अटेरी गरेपछि मेयर शाहले अवैध संरचना भत्काउने अभियान चलाएका हुन्। सूचना निकाल्दा पनि अटेर गरेपछि नक्सा पास नगरी बनाइएका संरचना हटाउन थालिएको महानगरपालिकाले जनाएको छ। काठमाडौं मल अगाडि नक्सा पास बिना बनाइएका संरचना भत्काएको महानगरपालिकाले खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडि समेत डोजर चलाएको छ । अन्डरग्राउन्ड पार्किङ बन्द गरेर व्यापारिक प्रयोजनमा लगाइएपछि त्यसलाई भत्काउन थालिएको हो । मेयर साहले दुई दिनअघि बानेश्वरस्थित बानेश्वर प्लाजाबाट अवैध संरचना भत्काउने अभियान थालेका थिए। अवैध संरचना भत्काउनुअघि ट्राफिक प्रहरीको सहायतामा पसल खाली गराइएको छ। शाहसहित ट्राफिक प्रहरीका डीआईजी मीरा चौधरी पनि खटिएकी छन्।        

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार