शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

चालु आर्थिक वर्षमै भारतबाट किन्ने भन्दा भारतमा बेच्ने विजुली बढी हुने प्राधिकरणको दाबी

चालु आर्थिक वर्षमै भारतबाट किन्ने भन्दा भारतमा बेच्ने विजुली बढी हुने प्राधिकरणको दाबी

साझा पोष्ट
आइतबार, भदौ १२ २०७९
  • images
    चालु आर्थिक वर्षमै भारतबाट किन्ने भन्दा भारतमा बेच्ने विजुली बढी हुने प्राधिकरणको दाबी
    images
    काठमाडौं ।नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७९–८० भित्र आयात हुने भन्दा भारतमा निर्यात हुने बिजुलीको मात्रा बढ्ने दाबी गरेको छ । ऊर्जा मन्त्रालयमा आयाेजित पत्रकार सम्मेलनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल भारतसँग बिजुलीको ‘नेट एक्सपोर्टर’ हुने दाबी गरेका हुन ।‘अब बिजुलीको व्यापारमा हामीले घाटा सहनुपर्दैन,’ घिसिङले भने,’यो वर्ष हामी भारतबाट जति बिजुली ल्याउँछौं, त्यो भन्दा बढी बिजुली भारतमा निर्यात गर्नेछौं ।’ उनका अनुसार कात्तिकसम्मनै भारतमा बिजुली निर्यात हुनेछ । त्यसपछि आगामी जेठ असारमा पनि ठूलो मात्रामा बिजुली भारत निर्यात हुनेछ ।अहिले रातिमा केही घण्टामा प्रतियुनिट १२ भारतीय रुपैयाँसम्ममा बिजुली बिक्री भइरहेको र औसतमा प्रतियुनिट रेट ६ भारतीय रुपैयाँसम्म रहेको उनले बताए । अहिले ३६४ मेगावाट बिजुली भारतमा निर्यात भइरहेको छ ।  घिसिङले थप विद्युत् निर्यातका लागि भारत सरकारबाट छिट्टै अनुमति प्राप्त हुने विश्वास व्यक्त गरे ।‘बिजुली निर्यातको यो वर्षको आँकडाले हाम्रो ‘माइन्डसेट’ नै चेन्ज गरिदिएको छ,’ उनले भने–’वर्षायाममा जसरी राम्रो मूल्यमा भारतमा बिजुली बेचिरहेका छौं, यसलाई बढाउनपर्छ, त्यसका लागि वर्षाकाे पानी अधिकतम् सदुपयोग हुने गरी आयोजनाहरु डिजाइन गर्नुपर्छ ।’ त्यसकै आधारमा विद्युत आयोजनाको डिजाइनमा ‘क्यू ४०’को साटो ‘क्यू २५’को नीति लिन लागिएको उनले जानकारी दिए । चालु आर्थिक वर्ष (आव)  २०७९-८०को पहिलो महिनामा झण्डै २ अर्ब रुपैयाँको विद्युत भारततर्फ निर्यात गरिसकेको छ । नेपाल विद्युत प्राधिकरणले चालु आवको साउन महिनामा १ अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत् निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बढी भएको २४ करोड २६ लाख ८३ हजार युनिट विद्युत साउनमा भारततर्फ निर्यात गरेको हो । विद्युत निर्यातबाट साउनमा औसतमा दैनिक ५ करोड ९३ लाख रुपैयाँ कमाइ भएकाे छ ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार