शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

समयमै होसियारी अपनाएर अर्थतन्त्रलाई श्रीलङ्काको बाटोमा जान दिएनौं : अर्थमन्त्री शर्मा

समयमै होसियारी अपनाएर अर्थतन्त्रलाई श्रीलङ्काको बाटोमा जान दिएनौं : अर्थमन्त्री शर्मा

साझा पोष्ट
शनिबार, भदौ १८ २०७९
  • images
    समयमै होसियारी अपनाएर अर्थतन्त्रलाई श्रीलङ्काको बाटोमा जान दिएनौं : अर्थमन्त्री शर्मा
    images
    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारले समयमै होसियारी अपनाएको कारण देशको अर्थतन्त्रलाई श्रीलङ्काको अवस्थामा जान नदिएको बताएका छन् । उनले नेपालको अर्थतन्त्र समाप्त हुने भन्दै निस्किएका आवाजहरुलाई सकारात्मक रुपमा लिँदै होसियारी अपनाएको कारण अर्थतन्त्र बिग्रिन नपाएको बताए । शनिबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै शर्माले नेपालको अर्थतन्त्र सुधारतिर अगाडी बढिरहेको बताउँदै आर्थिक सूचकहरु सकारात्मक बन्दै गएको जिकिर गरे । ‘हामिले समयमै होसियारी अपनाएको कारणले नेपाल श्रीलङ्का नै हुन्छ । नेपालको अर्थतन्त्र अब समाप्त हुन्छ भनेर धेरै ठूलाठूला आवाजहरु निस्किए, मन्त्री शर्माले भने, ‘नकारात्मक रुपमा निस्किएका आवाजहरुलाई सकारात्मक लिँदै केही हाम्रा आफ्ना नीतिगत रुपमा निर्णय गर्यौ । होसियारी अपनायौं । त्यसले गर्दा अर्थतन्त्र बिग्रिन दिएनौं ।’ तरलताको समस्या अहिलेपनि केही हदसम्म कायम रहेपनि त्यसलाई कम गर्नको लागि सरकार लागि परेको बताउँदै मन्त्री शर्माले वैदेशीक मुद्रा सञ्चितिमा पनि सुधार आएको बताए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार