शनिबार, वैशाख २९ गते २०८१
Logo
शनिबार, वैशाख २९ गते २०८१

उपमेयर सुनीता डंगोलको श्वेतपत्रः सय दिनमा १५ काम भए, १० वटा योजना थालनी

उपमेयर सुनीता डंगोलको श्वेतपत्रः सय दिनमा १५ काम भए, १० वटा योजना थालनी

साझा पोष्ट
बुधबार, भदौ २२ २०७९
  • images
    उपमेयर सुनीता डंगोलको श्वेतपत्रः सय दिनमा १५ काम भए, १० वटा योजना थालनी
    images
    काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदभार ग्रहण गरेको सय दिनमा गरेका काम र थालेका योजनाबारे श्वेतपत्र जारी गरेकी छिन् । श्वेतपत्रमा एक सय दिनमा गरेका १५ काम र सुरुवात गरेका १० योजना सार्वजनिक गरिएको छ । १ सय दिनमा सकारात्मक कामको थालनी गरी काठमाडौँ महानगरवासीमा आशाको बत्ती बाल्ने प्रयास गरेको उनको भनाइ छ । तर त्यो सामूहिक प्रयासबाट भएको बताउँदै उनले भनेकी छन –यो म एक्लैबाट सम्भव भएको भने अवश्य होइन । ’ उनले जस–अपजसको सबै जिम्मेवारी सामूहिक रुपमा लिनुपर्नेमा पनि जोड दिएकी छिन् । पुराना २ सय ४४ वटा विवादमा न्यायिक सुनुवाई भएको र ५१ वटा विवादको किनारा लगाएको श्वेतपत्रमा उल्लेख छ । वडास्तरीय महिला सेल गठन, आर्थिक वर्ष ०७९र८० का लागि नीति तथा कार्यक्रमको प्रस्ताव भएको पनि डंगोलले उल्लेख गरेकी छन । सयको काममा उनले सय दिनमा सय बढी कार्यक्रममा महानगरवासी सँगसँगै रहेको र महानगरवासीसँग प्रत्यक्ष अन्तरक्रिया गरी सुझाव लिने, समस्या बुझ्ने कार्य गरिएको उल्लेख गर्दै त्यसले काठमाडौँबासीसँगै रहेर महानगरका समस्याका बारेमा साक्षात्कार हुने अवसर प्राप्त भएको बताएकी छिन्। उनले फोहोर व्यवस्थापनका लागि सकारात्मक पहल सुरु गरेको श्वेतपत्रमा उल्लेख छ । दीर्घकालिन फोहोर व्यवस्थापनका लागि छिमेकी नगर मध्यपुर थिमीलगायतका पालिकाले गरेका योजनाको अवलोकन गर्ने र उनीहरुका समेत अनुभवलाई ग्रहण गर्दै दीर्घकालिन फाहोर व्यवस्थापनका लागि आवश्यक कार्यहरु अघि बढाएको उनले बताएकी छन । सय दिनमा गरेको भनिएका काम: १) पूरानो २४४ वटा विवादमा न्यायिक सुनुवाई भएको र ५१ वटा विवादको किनारा २) फोहोर व्यवस्थापनका लागि सकारात्मक पहल ३) वडास्तरीय महिला सेल गठन ४) सय दिन महानगरवासी सँगसँगै ६) मेलमिलापकर्ता छनौट प्रक्रिया ८) शिक्षा क्षेत्रमा सुधार ९) ईन्द्रजात्रालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण १०) नेपालभाषाको डिजिटल शव्दकोष निर्माण कार्य ११) सम्पदा संरक्षण, पुनर्निर्माण र अनुगमन कार्यलाई प्राथमिकता १२) राजश्व परामर्श समितिको गठन र कार्यान्वयन १३) पारस्परिक र कूटनीतिक सम्बन्ध विस्तार १४) अपाङ्गता परिचयपत्र वितरण १५) शहरी व्यवस्थापन थालनी गरिएका केही योजना १) दरबार हाइस्कूल र कन्या मा.वि लाई राष्ट्रियस्तरको नमूना विद्यालयको रुपमा विकास गर्ने जस्ता कार्यक्रम पनि अघि बढाइएको छ । २) घरजग्गा बहालमा लिनेदिने व्यक्तिहरुका बिच हुने विवादलाई समाधान गर्न र बहाल कर असुलीलाई प्राथमिकता दिन बहाल व्यवस्था कार्यविधि तर्जूमा गर्ने गरी स्वीकृत भएपछि कार्यान्वयन गर्न राजश्व परामर्श समितिले कारवाही अघि बढाएको छ । ३) करको दायरा बृद्धि गरी बैज्ञानिक कर निर्धारण विधिलाई आत्मसाथ गर्न राजश्व परामर्श समितिबाट नगरसभाको निर्णय वमोजिम सहजिकरण भैरहेको छ । ४) सबै मेलमिलाप केन्द्रको स्तरीकरण गरी वडा तहमै विवाद समाधान गर्नका लागि प्रयासहरु थालनी गरिएको छ । ५) सूचना प्रविधिको माध्यमबाट न्याय सम्पादनलाई छिटो, छरितो र प्रभावकारी बनाउनेतर्फ कारवाही अघि बढेको छ । ६) न्यायिक समितिको अनुभव आदान-प्रदान गर्ने र असल तथा सफल अभ्यासहरुको अनुसरण गर्न न्यायिक समितिको राष्ट्रिय सम्मेलनको आयोजना काठमाडौँ महानगरपालिकाले गर्ने भएको छ । ७) अनुगमन, सुपरीवेक्षण तथा मूल्याङ्कन प्रणालीलाई नियमित र संस्थागत गरी सार्वजनिक सेवालाई थप गुणस्तरीय बनाउने योजना कार्यान्वयनको चरणमा रहेको छ । ८) गैरसरकारी संघ-संस्थाको कामकारवाहीलाई महानगरपालिकाको नीति, योजना तथा कार्यक्रमको प्राथमिकता अनुकुल बनाउनेतर्फ कारवाही अघि बढाएको छ । ९) उपभोक्ता हित, संरक्षण तथा मानवअधिकार संरक्षणका कार्यक्रमहरुलाई विशेष प्राथमिकतामा राखी नीति तथा योजना तर्जुमा गरिएको छ । १०) महानगरपालिकाको योजनाबद्ध र दिगो विकासका लागि यसै आर्थिक वर्ष भित्र आवधिक योजनालाई अन्तिम रुप दिई कार्यान्वयनमा ल्याउन महानगरपालिकाले आवश्यक कार्य अघि बढाइसकेको छ ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार