आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

कर्मचारीप्रति प्रधानमन्त्री देउवाका गुनासै गुनासा

कर्मचारीप्रति प्रधानमन्त्री देउवाका गुनासै गुनासा

साझा पोष्ट
बुधबार, भदौ २२ २०७९
  • images
    कर्मचारीप्रति प्रधानमन्त्री देउवाका गुनासै गुनासा
    images
    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशको अवस्था राम्रो नरहेको प्रष्ट संकेत गरेका छन । उनका अनुसार देशको दुर्गति भैरहेको छ र कर्मचारीलाई तलब समेत विदेशबाट मागेर खुवाउनुपर्ने अवस्था सिर्जना भएको छ । निजामति सेवा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकका कार्यकारी प्रमुख देउवाले देशको निराशाजनक चित्र देखाएका हुन । तर देश बिग्रनुमा राजनीतिक दल र सरकार मात्रै नभई स्थायी सरकार भनिने कर्मचारी तन्त्र पनि जिम्मेवार रहेको भन्दै उनले कर्मचारीको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन ।कर्मचारीको सहयोग बिना देशको विकास हुन नसक्ने भन्दै देउवालेदेशको दुर्गति के कारणले भएको भनेर व्यापक छलफल आवश्यक रहेको बताए । 'जबसम्म कर्मचारीको सहयोग हुँदैन तबसम्म देशको काम हुँदैन । सत्य कुरा हो । सरकार अस्थायी  हो, अब जनताले भोट हाले भने अर्को आउँछ । यो देशको दुर्गति हुनुको जिम्मेवार को हो ? राजनीतिक दलहरु मात्रै हो कि ब्युरोक्रेसी पनि हो ?  किन काम भइरहेको छैन ? प्रधानमन्त्री  देउवाले भने - हामी त ५ वर्षका लागि हार्ने हार्छ, जित्ने आउने हो । तपाईहरु त पेन्सनसम्म हुनुहुन्छ नि । काम नै भएको छैन, दुर्गति छ, देशको । यसको व्यापक छलफल हुन जरुरी छ ।’ उनले कर्मचारीहरु दुर्गम क्षेत्रमा जान नचाहेका  कारण पनि काम अघि बढ्न नसकेको बताए । प्रधानमन्त्री देउवाले स्थानीय, प्रदेश र केन्द्रीय कर्मचारीतन्त्र रहेका बेलामा समेत देश विकास हुन नसकेको गुनासो गरे । उनले कर्मचारीले जिम्मेवारीपूर्वक काम गर्ने हो भने विकास हुन समय नलाग्ने बताए । उनले कर्मचारीहरु नै स्थायी सरकार रहेको उल्लेख गर्दै राजनीतिक दलहरुले मात्रै गरेर केही नहुने बताए । ‘दुर्गममा कर्मचारी जाँदैनन्, साइन गर्छ फर्किहाल्छ । बस्दै बस्दैनन् । त्यसकारण यसबारे व्यापक छलफल हुनुपर्छ । देशको दुर्गति भइरहेको छ, केही काम भएको छैन । एउटा बाटो बनाउन लाग्यो भने २५ वर्षसम्म काम सकिन्न् । बाटो इन्जिनियरले बनाउने हो, पैसा पुगेन भने दिन तयार नै छ सरकार । देशभरको अवस्था त्यस्तै छ ।' देउवाले भने- पोलिसीले मात्रै केही हुनेवाला छैन, ब्युरोक्रेसीको जबसम्म सहयोग हुँदैन तबसम्म देश अघि बढ्नै सक्दैन । अहिले स्थानीय तहसम्म ब्युरोक्रेसी छ । स्थानीय, प्रदेश, केन्द्रीय ब्युरोक्रेसी छ, तै पनि काम भएको छैन । यसको जिम्मेवार को हो रु व्यापक छलफल गरौँ ।' अहिले देशको आम्दानी नहुँदा कर्मचारीहरुलाई पनि विदेशबाट पैसा मागेर दिनुपर्ने बेला आएको बताए । प्रधानमन्त्री देउवाले राजनीतिक दलहरु अस्थायी सरकार भएको समेत बताए । उनले भने - 'तपाईहरु नै स्थायी सरकार हो । स्थायी सरकारले काम गर्दैन के गर्ने ? कसरी देश अघि बढ्नसक्छ ? पैसा नै छैन कति विदेशबाट माग्ने, हुँदाहुँदा कर्मचारीको तलब दिन पनि विदेशबाट माग्नुपर्ने बेला भइसक्यो ।’ प्रधानमन्त्री देउवाले सबै ठाउँमा जिम्मेवार भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।  ‘जनताको सेवा गर्ने पहिलो माध्यम त ब्यूरोकेसी हो नि । उसले गर्दैन त कसरी देश बन्छ रु अस्पतालमा डाक्टर छैन, इन्जिनियर छैन, कहाँबाट हुन्छ ?  सिडिओ पनि कहिलेकाहीँ जान्छ फर्किहाल्छ । सबै जिम्मेवार हुनुपर्छ । जनताले भोटले पत्याए हो नत्र त हामी गइहाल्छौँ नि । त्यही भएर तपाईहरु काम गर्नुहोस् । के सुविधा चाहिन्छ, काम गर्दा हामी तयार छौँ ।’ उनले भने ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार