आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

महिला साफ च्याम्पियनसिप : भारतले पाकिस्तानलाई हरायो

महिला साफ च्याम्पियनसिप : भारतले पाकिस्तानलाई हरायो

साझा पोष्ट
बुधबार, भदौ २२ २०७९
  • images
    महिला साफ च्याम्पियनसिप : भारतले पाकिस्तानलाई हरायो
    images
    काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबलमा साविक विजेता भारतले विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार (आज) भएको खेलमा पाकिस्तानलाई ३-० गोल अन्तरले हराउँदै भारतले विजयी सुरुआत गरेको हो । खेलको २१ औं मिनेटमा पाकिस्तानका कप्तान मारिया खानको आत्मघाती गोल गरेपछि भारतले १(० को अग्रता बनाएको थियो । खेलको २३ औं मिनेटमा ग्रेस डाङमेईले गोल गर्दै भारतलाई २(० को अग्रता दिलाईन्। त्यसपछि खेलको इन्जुरी समयमा सौम्याले गोल गर्दै भारतलाई ३-० को जित दिलाईन् । यस जितसँगै समूह ुएु को भारतले पहिलो खेलमै ३ अंक जोडेको छ । प्रतियोगिता अन्तर्गत नै आज हुने अर्को खेलमा बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ । बंगलादेश र माल्दिभ्सबीचको खेल ५ः३० बजे सुरु हुनेछ । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार