आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

अखिल क्रान्तिकारीको कार्यक्रममा प्रचण्ड र जनार्दनशर्माबीच घोचपेच

अखिल क्रान्तिकारीको कार्यक्रममा प्रचण्ड र जनार्दनशर्माबीच घोचपेच

साझा पोष्ट
बुधबार, भदौ २२ २०७९
  • images
    अखिल क्रान्तिकारीको कार्यक्रममा प्रचण्ड र जनार्दनशर्माबीच घोचपेच
    images
    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड 'र उपमहासचिव जनार्दन शर्माबीच एउटै मञ्चमा घोचपेच भएको छ । काठमाडौंमा बुधवार अखिल क्रान्तिकारीले गरेको कार्यक्रममा प्रचण्ड र जनार्दन शर्माबीच छेडछाड भएको हो । प्रचण्ड अगाडि बोलेका शर्माले प्रचण्डको आलोचक र रक्षक आफैं भएको दाबी गर्दै नेतृत्व ठीक हुनुपर्ने प्रश्न उठाएपछि प्रचण्डले त्यसको जवाफ दिएका हुन । ‘अध्यक्षको सबैभन्दा कडा आलोचक मै हुँ,’ शर्माले कार्यक्रममा भने, ‘अध्यक्ष कमरेडको संरक्षण गर्ने पनि मै हुँ। नेतृत्वको कमजोरीको आलोचना गनुपर्छ । म त अध्यक्ष कमरेडको आलोचक हुँ, आलोचना गर्छु ।’ शर्माले नीति र नेतृत्व ठीक भए आलोचना नहुने र नभए आलोचना हुने विषय पनि उठाए । उनले भने–म नीति र नेतृत्वलाई सदैव रक्षा गर्ने मान्छे हुँ, सही नीति र नेतृत्वको अहिले पनि रक्षा गर्ने मेरो दायित्व हो । त्यो कुरामा म गम्भीर छु । तर नीति र नेतृत्व सही ढंगले अघि बढ्नुपर्छ भन्ने मेरो माग हो ।’ त्यसपछि बोलेका प्रचण्डले जनार्दन शर्माको अभिव्यक्तिको जवाफ मात्रै फर्काएनन, आफूले जनार्दन शर्मालाई हुर्काएको हो भनेर त्यो बुझ्न र नबिर्सन पनि आग्रह गरे । ‘जनार्दनजीले जाँदाजाँदै भन्नुभयो, नीति र नेतृत्वको रक्षा,’ प्रचण्डले औलाले देखाउँदै भने ‘ जनार्दनलाई रक्षा गर्न र हुर्काउन पनि प्रचण्डको मुख्य भूमिका हो भन्ने कुरा तपाईँहरु सबैले बुझन् जरुरी छ।’ प्रचण्डले आफूले सबै खालको आन्दोलनको नेतृत्व गरिसकेकोले राम्रो उत्तराधिकारीको खोजी गरिरहेको बताए। तर, गुटगट प्रवृत्तिबाट माथि उठ्ने उत्तराधिकारी नभएको प्रचण्डको भनाई छ ।  ‘मैले त जनयुद्धको तयारीको पनि नेतृत्व गरेँ, जनयुद्धको पनि नेतृत्व गरेँ, संविधानसभाको पनि नेतृत्व गरेँ, संघीय लोकतान्त्रिक गणतन्त्रको पनि, मेरो लागि धेरै चिज भएकै छ। अब म लाखौं उत्तराधिकारी तयार पार्न चाहन्छु।’ प्रचण्डले भने ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार