शनिबार, वैशाख २९ गते २०८१
Logo
शनिबार, वैशाख २९ गते २०८१

पीडितसँग सन्दीप लामिछाने होटलमा गएको सीसी टीभी फुटेज प्रहरीद्वारा संकलन

पीडितसँग सन्दीप लामिछाने होटलमा गएको सीसी टीभी फुटेज प्रहरीद्वारा संकलन

साझा पोष्ट
बुधबार, भदौ २२ २०७९
  • images
    पीडितसँग सन्दीप लामिछाने होटलमा गएको सीसी टीभी फुटेज प्रहरीद्वारा संकलन
    images
    काठमाडौं । प्रहरीले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले किशोरीलाई लगेर जबरजस्ती करणी गरेको भनिएको होटलको क्लोज सर्किट (सीसी) क्यामेराका दृश्य प्रहरीले संकलन गरेको छ । ती दृश्यमा लामिछाने र पीडित भनिएकी युवती ५ भदौमा होटलको कोठा नम्बर ३०५ सम्म पुगेको देखिएको प्रहरीले जनाएको छ । होटल काठमाडौं इनमा लामिछाने किशोरीसहित राति ११:५५ बजे पुगेका प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले बताएका छन ।  उनीहरु बिहान साढे ६ बजेतिर फर्किएको देखिएको छ । लामिछानेले होटलका सञ्चालकलाई फोन गरेरै कोठा 'बुक' गरेको पनि पाइएको छ । पीडितको बयान अनुसार उनले दुईवटा कोठा बुक गर्न भनेकी थिइन् । तर लामिछानेले एउटा मात्र कोठा खाली भएको भन्दै एउटैमा बस्नुपर्ने बताएका थिए । राति लामिछानेले मादक पदार्थ पनि सेवन गरेको र पटक पटक जबरजस्ती करणी गरेको किटानी जाहेरीमा उल्लेख रहेको काठमाडौं प्रहरी परिसरका प्रमुख भरतबहादुर बोहराले बताए । प्रहरीले नगरकोटमा उनीहरु गएको भनिएको होटलको पनि सीसी टीभी फुटेज संकलन गरेको छ । लामिछाने अहिले क्याराबियन प्रिमियर लिग ९सीपीएल० क्रिकेट खेल्नका लागि जमैकामा छन् । र आफूमाथि लागेको अभियोगबारे हालसम्म लामिछाने मौन छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार