आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

सीटीईभीटी अन्तर्गतका २५ शिक्षणसंस्थाले मापदण्ड पूरा गरेनन्, भर्नामा रोक

सीटीईभीटी अन्तर्गतका २५ शिक्षणसंस्थाले मापदण्ड पूरा गरेनन्, भर्नामा रोक

साझा पोष्ट
बुधबार, भदौ २२ २०७९
  • images
    सीटीईभीटी अन्तर्गतका २५ शिक्षणसंस्थाले मापदण्ड पूरा गरेनन्, भर्नामा रोक
    images
    २२ भदौ, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीईभीटी अन्तर्गतका २५ शिक्षणसंस्थामा भर्नामा रोक लगाइएको छ । चिकित्सा शिक्षा आयोगले मापदण्ड पूरा नगरेको भन्दै ती शिक्षणसंस्थामा भर्ना रोकेको हो । भर्ना रोकिएका शिक्षणसंस्थाहरू स्वास्थ्यसम्बन्धी विषयहरू पठनपाठन हुने र चिकित्सा शिक्षा ऐनको व्यवस्थाअनुसार स्तरोन्नतिमा परेका हुन् । ऐनले फेजआउट गरेका १ सय २२ मध्ये गत फागुनमा ६५ वटा शिक्षणसंस्थालाई आयोगले स्तरोन्नति गर्न अनुमति दिएको थियो । ६५ मध्ये आयोगले ४० वटा शिक्षणसंस्था मात्र विद्यार्थी भर्ना गर्न योग्य रहेको जनाएको हो । आयोगका उपसचिव सेमन्तराज कोइरालाले सूचना जारी गरेर २५ वटा शिक्षणसंस्थाले मापदण्ड पूरा नगरेको जनाएका छन् । शैक्षिक कार्यक्रम सञ्चालन गर्न शिक्षक, भवन, कक्षाकोठा, अस्पताल, ल्याबलगायतका मापदण्ड पूरा नगरेका आयोगले जनाएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार