आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १ देखि

दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १ देखि

साझा पोष्ट
बुधबार, भदौ २२ २०७९
  • images
    दशैंका लागि अग्रिम टिकट बुकिङ  असोज १ देखि
    images
    काठमाडौं । यसवर्षको दशैंका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ १ असोजदेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले विश्वकर्मा पूजाको दिनदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको विभागका महानिर्देशक डा. टोकराज पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने सहमति भएको छ । अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीले यथाशक्य छुट वा सहुलियत समेत प्रदान गर्ने\गराउने सहमति भएको छ । अग्रिम टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारी साधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदूरसँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने निर्णय भएको छ । कोभिड-१९ को महामारीलाई मध्यनजर गरी मास्कको प्रयोग गर्न लगाउने साथै अन्य स्वास्थ्य मापदण्ड पालना गरी सवारी सञ्चालन गर्ने\यसका लागि यात्रुलाई खाना\खाजा खुवाउने स्थानमा भिडभाड नहुने गरी व्यवस्था गर्ने सहमति पनि भएको छ । अनधिकृत काउन्टर र परिचय पत्र नभएका व्यक्तिहरुबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्णतयाः निरुत्साहित गर्नेरगराउने र मुख्य सडकलाई मर्मतरसंभार गरी यातायात सञ्चालनलाई सहज बनाउन सम्बन्धित निकायलाई अनुरोध गरी पठाउने निर्णय भएको छ । आवश्यक सवारी साधनहरुको व्यवस्था यातायात व्यवसायीले गर्ने र यातायात आवागमनमा सहज बनाउन खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायतका ठूला सवारी साधनहरु मिति १५ असोजदेखि २२ गतेसम्म नारायणगढदेखि काठमाडाैसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय पनि भएको छ । दसैंको सष्टी अर्थात् फूलपातिको अघिल्लो दिनदेखि टिकाको भोलिपल्टसम्म राजमार्गमा मालवाहक गाडी चलाउन नपाइने भएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार