शनिबार, वैशाख २९ गते २०८१
Logo
शनिबार, वैशाख २९ गते २०८१

केपी ओलीसँग झापा-५ मा चुनाव लड्न माओवादीबाट चार जना सिफारिस

केपी ओलीसँग झापा-५ मा चुनाव लड्न माओवादीबाट चार जना सिफारिस

साझा पोष्ट
बुधबार, भदौ २२ २०७९
  • images
    केपी ओलीसँग झापा-५ मा चुनाव लड्न माओवादीबाट चार जना सिफारिस
    images
    काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा चुनावका लागि नेकपा माओवादी केन्द्रले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र झापा-५ बाट चार जना उम्मेदवार सिफारिस गरेको छ । बुधबार बसेको प्रादेशिक निर्वाचन परिचालन कमिटी झापा क्षेत्र नम्बर ५ को बैठकले ओली विरुद्ध प्रतिनिधिसभा सदस्य पदका लागि प्रत्यक्ष तर्फ रञ्जित तामाङ, सुरेन्द्र बस्नेत, गगन पुरी र रमेश गुरागाईंलाई सिफारिस गरेको हो । तामाङ र बस्नेत माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । पुरी प्रदेश समितिको कोषाध्यक्ष र गुरागाईं सदस्य हुन् । झापा ५ मा स्वतन्त्रबाट लेखक तथा विश्लेषक युग पाठकले उम्मेदवारी घोषणा गरेका छन्।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार