शनिबार, वैशाख २९ गते २०८१
Logo
शनिबार, वैशाख २९ गते २०८१

सिट बाँड्न बालुवाटारमा सत्ता गठबन्धनको कार्यदल बैठक जारी

सिट बाँड्न बालुवाटारमा सत्ता गठबन्धनको कार्यदल बैठक जारी

साझा पोष्ट
बिहीबार , भदौ २३ २०७९
  • images
    सिट बाँड्न बालुवाटारमा सत्ता गठबन्धनको कार्यदल बैठक जारी
    images
    काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनबीच सिट बाँडफाँडबारे छलफल भैरहेको छ । आज बिहान ९ बजेदेखि सिट बाँडफाँट कार्यदल र नेताहरूको बैठक चलिरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ।बुधबार बसेको कार्यदल बैठकले सिट बाँडफाँडप्रतिवेदन आज शीर्ष नेतालाई बुझाउने सहमति गरेको थियो ।दलहरूले आफूले दाबी गरेका क्षेत्रमा गत चुनावमा प्राप्त मतलगायतबारे विश्लेषणसहित क्षेत्रगत छलफल गरेका छन्। कार्यदलमा केही निर्वाचन क्षेत्रमा विवाद नभएपनि समग्रमा कसलाई कति सिट भन्ने कुरामा दलहरुको दाबी अस्वभाविक भएकाले सहमतिमा ढिलाइ भएको नेताहरुको भनाइ छ । कार्यदलले सहमति-असहमति सवै विषय समेटेर प्रतिवेदन तयार गर्ने र सहमति हुन नसकेका विषयमा शीर्ष नेताले नै निर्णय गर्ने तयारी भएको बुझिएको छ । प्रतिनिधि सभाको १६५ सिटमा कांग्रेसले सय, माओवादीले ६०, नेकपा एकीकृत समाजवादी र जसपाले २५, २५ सिट दावी गर्दै आएका छन् । त्यस्तै जनमोर्चाले प्रतिनिधि सभामा २ र प्रदेश सभामा ७ सिटको दाबी गरेको छ ।समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची असोज १ मा बुझाउनुपर्ने भएकोले त्यसअघि नै प्रत्यक्षतर्फका सिट बाँडफाँट टुंग्याउने गरी तयारी छ। प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता भने असोज २३ मा हुने आयोगको कार्यतालिका छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार