शनिबार, वैशाख २९ गते २०८१
Logo
शनिबार, वैशाख २९ गते २०८१

शेखर कोइरालाको चेतावनी : गठबन्धनमा सय सिट नपाए कांग्रेसमा विद्रोह र विग्रह हुन्छ

शेखर कोइरालाको चेतावनी : गठबन्धनमा सय सिट नपाए कांग्रेसमा विद्रोह र विग्रह हुन्छ

साझा पोष्ट
बिहीबार , भदौ २३ २०७९
  • images
    शेखर कोइरालाको चेतावनी : गठबन्धनमा सय सिट नपाए कांग्रेसमा विद्रोह र विग्रह हुन्छ
    images
    जनकपुर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनमा एक सयभन्दा कम सिट लिएर चुनावमा गए पार्टीमा विद्रोह हुन सक्ने बताएका छन्। वीपी जन्मजयन्तीका अवसरमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले जनकपुरमा गरेको ‘बीपी विचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अबका चुनौती’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै कोईरालाले सय सिट पाउनै पर्नेमा जोड दिए ।उनले यो गठबन्धन गरेर पनि कांग्रेसले एकल बहुमत ल्याउन नसकेमा विद्रोह र विग्रह हुने चेतावनी दिए । ‘यो गठबन्धन एकल बहुमत ल्याउन गर्ने हो। पाँच वर्ष स्थायी सरकार दिन्छौँ भनेका छौँ।' उनले भने,-सरकार बनाएर जान मात्रै गठबन्धन सोचेको भए त्यसले हामीलाई अफ्ठ्यारो पार्छ। बहुमत बनाउन कांग्रेसले सय सिट लिनुपर्छ, नत्र हुँदैन।’ कोइरालाले माओवादी र समाजवादीहरु कांग्रेसलाई सय सिट दिन तयार नभएको पनि बताएका छन्।‘उहाँहरु सय सिट दिन तयार हुनुहुन्न। हामीले १६५ सिटमा उठ्यौँ भने पनि नपुग्ने अवस्था छ ।’, उनले भने–तालमेल गर्दा धेरै सिट घट्न सक्छ। त्यसले हामीबीच विग्रह र विद्रोह आउँछ। कांग्रेसमा समस्या बढ्न सक्छ।’ उनले कांग्रेसमा आउन सक्ने संकटबारे पटक पटक नेतृत्वलाई जानकारी दिएकाे पनि बताए। 'हामीले पटक पटक यी कुराहरुलाई राखेका छौँ। आज र भोलिमा हामीले केही न केही निर्णय गर्नैपर्छ ।' उनले भने-असोज २ मा समानुपातिकको उम्मेदवारी दर्ता छ। अहिले कांग्रेस अत्यन्त अफ्ठ्यारो परिस्थितिमा अघि बढिरहेको छ।' कोईरालाले गठबन्धन गलत भएको पनि संकेत गरे ।‘यो गठबन्धन विचित्रको छ। एकातिर जननायक वीपी कोइरालाले दिनु भएको विचार र सिद्धान्त बोकेको कांग्रेस छ। अर्कातिर आफूलाई कम्युनिष्ट भन्नेहरु छन् ।' कोईरालाले भने-उनीहरूसित हाम्रो केही कुरा पनि मिल्दैन। विचार र सिद्धान्त नमिले पनि गठबन्धन गर्यौँ।' डा. कोइरालाले संसद पुनस्स्थापनाको एजेन्डा सकिएपछि अब एमालेलाई हराउन र सरकार बनाउनकै लागि यो गठबन्धन बनेको पनि तर्क गरे।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार