आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

माओवादी जिल्ला इञ्चार्जको नेतृत्वलाई आग्रह : चुनाव लड्न पैसा छैन, मलाई उम्मेदवार सिफारिस नगर्नू

माओवादी जिल्ला इञ्चार्जको नेतृत्वलाई आग्रह : चुनाव लड्न पैसा छैन, मलाई उम्मेदवार सिफारिस नगर्नू

साझा पोष्ट
बिहीबार , भदौ २३ २०७९
  • images
    माओवादी जिल्ला इञ्चार्जको नेतृत्वलाई आग्रह : चुनाव लड्न पैसा छैन, मलाई उम्मेदवार सिफारिस नगर्नू
    images
    बुटवल । नेकपा माओवादी केन्द्र कपिलवस्तुका इञ्चार्ज कमल चुँदालीले आफूलाई उम्मेदवार सिफारिस नगर्न पार्टी नेताहरुलाई आग्रह गरेका छन् । निर्वाचन प्रणाली खर्चिलो भएको र खर्च गरेर चुनाव लड्न नसकिने भन्दै उम्मेदवार सिफारिस नगर्न आग्रह गरेका हुन । उम्मेदवार भएर खर्च गर्ने आर्थिक सामर्थ्य आफूसँग नभएकाले प्रत्यक्ष र समानुपातिक कतै पनि सिफारिस नगर्न उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आग्रह गरेका छन । कपिलवस्तु क्षेत्र नंं. १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा प्रस्ताव भएका उनले आफू उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । उनले खर्चिलो निर्वाचन प्रणालीमा परिवर्तन नभएसम्म आफू उम्मेदवार नहुने समेत बताएका छन् । ‘यो महँगो निर्वाचन प्रणाली ठेगानमा नआउञ्जेल चुनाव मेरो लागि असम्भव छ । ’ चुँदालीले लेखेका छन्–सरी भन्दछु मेरो नाम प्रत्यक्ष वा समानुपातिक उम्मेद्बारीमा सिफारिस नगरिदिनुहुन पार्टी पङ्तिमा हार्दिक अनुरोध गर्दछु ।' चुँदाली माओवादीका पुराना नेता हुन । विशुद्ध राजनीति मात्रै गर्ने र खर्च गर्न नसक्नेले चुनाव जित्न नसक्ने अवस्था बन्दै गईरहेकोमा चुँदालीले त्यसप्रति प्रहार गरेका छन । अहिले चुनाव निकै महंगो हुँदै गईरहेको छ र हरेक जसो पार्टीमा पैसावालाहरु नै प्रभावशाली बन्दै गैरहेका छन ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार