आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी, नेपाल आएलगत्तै पक्राउ गर्ने तयारी

सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी, नेपाल आएलगत्तै पक्राउ गर्ने तयारी

साझा पोष्ट
बिहीबार , भदौ २३ २०७९
  • images
    सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी, नेपाल आएलगत्तै पक्राउ गर्ने तयारी
    images
    काठमाडौं । नाबालिगलाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले बिहीबार बलात्कार आरोपित लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । जिल्ला अदालत काठमाडौंले लामिछानेविरुद्ध अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेको प्रहरीले जनाएको छ । मंगलबार १७ वर्षीया एक नाबालिग किशोरीले लामिछानेविरुद्ध जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरी अदालतबाट पक्राउ पुर्जी लिएको हो।पक्राउ पुर्जी ल्याएपछि प्रहरीले नेपाल क्रिकेट संघ (क्यान) मार्फत लामिछानेलाई फिर्ता गर्न औपचारिक आग्रह गर्ने तयारी गरेको छ । त्यसपछि पनि लामिछाने नआए इन्टरपोल वा अरू माध्यमबाट उनलाई नेपाल झिकाइने प्रहरीको तयारी छ । लामिछानेले भने क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लसँगको टेलिफोन कुराकानीमा आफू निर्दोष भएको र सीपीएल सकिनेबित्तिकै वेस्ट इन्डिजबाट फर्किने बताएका छन् । जाहेरीमा गत भदौ ५ गते साँझ लामिछानेले नगरकोट लगेको र त्यही रात फर्किएर गौशालाको एक होटलमा ल्याई जबर्जस्ती करणी गरेको आरोप लगाइएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार