शनिबार, वैशाख २९ गते २०८१
Logo
शनिबार, वैशाख २९ गते २०८१

सन्दीप लामिछानेलाई कानूनी उपचारमा क्यानले सहयोग गर्ने

सन्दीप लामिछानेलाई कानूनी उपचारमा क्यानले सहयोग गर्ने

साझा पोष्ट
बिहीबार , भदौ २३ २०७९
  • images
    सन्दीप लामिछानेलाई कानूनी उपचारमा क्यानले सहयोग गर्ने
    images
    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कारको आरोप लागेका सन्दीप लामिछानेको आग्रह अनुसार कानुनी प्रकृयामा सहयोग गर्ने भएको छ । क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लका अनुसार सन्दीपको आग्रह अनुसार क्यानले कानूनी प्रक्रियामा सहयोग गर्नेछ । हिजो राती सन्दीपसँग कुराकानी भएको र उनले कानूनी उपचारमा जान सहयोग मागेकोले त्यसैअनुसार सहयो गर्ने मल्लले बताए । ‘हाम्रो खेलाडी हो अपराध गरेको छ भने क्यानले ढाकछोप गर्दैन। कानुनी उपचार उसको अधिकारको कुरा हो। क्यान उसको अभिभावक पनि हो। कानुनी सल्लाहकारको व्यवस्था गर्न सहजीकरण गरिदिन्छौँ। बाँकी उसको वकिलले गर्ने कुरा हो’, मल्लले भने। सन्दीपले क्यानसँगको कुराकानीमा आफू निर्दोष रहेको दाबी गरेका छन ।‘क्यानलाई सन्दीपले आफू निर्दोष भएको बताएका छन् । कानुनी उपचारका लागि क्यानले सहयोग गर्नु पर्यो भनेका छन् । उनले क्यानलाई वकिल खोजिदिन आग्रह गरेका छन् । उनी हाम्रा खेलाडी हुन्,’ मल्लले भने, ‘आरोप लाग्दैमा उनीबाट हामी टाढा भयौं भने बाँकी खेलाडीले क्यानलाई कसरी विश्वास गर्ने ? आरोपित मात्रै हुन् । सन्दीपलाई हामीले सहजिकरण नगरे अरु खेलाडीको मानसिकता के हुन्छ ? खेलाडीलाई पर्दा क्यान भाग्दो रहेछ भन्ने नजिर बन्छ ।’ जमैका तलवाज जानकार  सन्दीपले आफूमाथि लागेको आरोपबारे जमैका तलवाज क्लबलाई पनि जानकारी भएको बताएका छन्।‘हिजो राति मैले नै सन्दीपलाई सम्पर्क गरेर तिमीविरुद्ध एकजना युवतीबाट केस फायल भएको छ, तिमीलाई थाहा छ भनेर सोधेको थिएँ। उसले थाहा पाएको र आफ्नो संलग्नता नरहेको बतायो’, मल्लले भने, ‘तिमी अब फर्किनु पर्ने होला भन्दा उसले म सीपीएल सकेर फर्किन्छु भन्यो। यसबारे आफ्नो टिमले पनि थाहा पाइसकेको र खेल्न समस्या नरहेको बतायो।’ आईसीसीकाे चासो सन्दीप लामिछानेमाथि लागेको बलात्कारको आरोपबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले चासो देखाएको छ । आईसीसीले सन्दीपविरुद्ध परेको जाहेरीबारे चासो राखेको छ । ‘आईसीसीले के हुनसक्छ यो केसमा भनेर चासो राखेको छ’, आफूले सबै जानकारी दिएको भन्दै सचिव मल्लले भने, ‘रेप केसमा गएको भनेपछि उनीहरु सिरियस भएका छन् ।’ केन्याबाटै ट्वेन्टी २० शृंखला सकिएपछि एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाअघि नै क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न सन्दीप जमैका पुगिसकेका छन् । सिपिएलमा उनले यसपाली जमैका तालाबाजसँग सम्झौता गरेका छन् । राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीपमाथि उमेर नपुगेकी एक किशोरीमाथि जवरजस्ती करणी गरेको अभियोगमा नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको छ । ट्वान्टी २० र एकदिवसीय शृंखलाका लागि केन्या प्रस्थान गर्नुअघि भदौ पाँच गते सन्दीपले ती किशोरीलाई विभिन्न स्थान घुमाएर राती सिनामंगलको एक होटलमा लगी जवरजस्ती करणी गरेको आरोप छ ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार