शनिबार, वैशाख २९ गते २०८१
Logo
शनिबार, वैशाख २९ गते २०८१

कांग्रेस राम-राम भन्ने अवस्थामा पुग्यो : पूर्व राष्ट्रपति यादव

कांग्रेस राम-राम भन्ने अवस्थामा पुग्यो : पूर्व राष्ट्रपति यादव

साझा पोष्ट
बिहीबार , भदौ २३ २०७९
  • images
    कांग्रेस राम-राम भन्ने अवस्थामा पुग्यो : पूर्व राष्ट्रपति यादव
    images
    काठमाडौं  पूर्वराष्ट्रपति डा. रामवरण यादवले सरकारको चलाईरहेको नेपाली कांग्रेस गम्भीर संकटमा रहेको बताएका छन । उनका अनुसार कांग्रेस अहिले राम राम भन्नुपर्ने अवस्थामा छ । बिहीबार काठमाडौंमा भएको बीपी साहित्य एवं वीपी सेनानी सम्मान कार्यक्रममा पूर्व राष्ट्रपति यादवले कांग्रेसको गहिरो चिन्ता गरेका हुन ।अहिले कांग्रेसमा जनताको बीचमा जान पनि अंशबन्डा भैरहेको यादवको टिप्पणी छ । उनले नेपाली कांग्रेसको अहिलेको अवस्थालाई हेर्दा रामराम भन्नुसिवाय अरु कुनै विकल्प नरहेको उल्लेख गरे । राष्ट्रपति यादवले अहिले टिकट किन्नेलाई काँग्रेसी भन्ने गरिएको बताए । उनले समानुपातिकबाट सांसद बन्नका लागि टिकट बिक्रीको चलखेल हुने गरेको भन्दै स्थानीय निर्वाचनमा वडा र पालिकाहरूमा टिकट बिक्री भएको दाबी गरे । ‘तपाईंहरुले सुन्नुभएको होला, समानुपातिकमा टिकट बिक्री भएको छ । वार्डको टिकट बिक्री भएको छ, पालिकाको टिकट बिक्री भएको छ,’ उनले भने, ‘कांग्रेसको बारेमा राम, राम भन्ने बेला भइसकेको छ ।’ पूर्वराष्ट्रपति यादवले पार्टीमा विधि र आदर्शको पालना र सम्मान हुन छोडेकोप्रति समेत चिन्ता व्यक्त गरे । उनले कांग्रेसीको पुर्खालाई बिर्सिएर अहिले जनतासमक्ष जान अरु पार्टीसँग मिलेर अंशबन्डा गर्नु लज्जाको विषय भएको बताएका छन् । ‘अहिले मानिसहरूले विधि र आदर्शबारे चर्चा गर्नै छाडिसके । बीपी, गणेशमान, किसुनजी, गिरिजाजस्ता महापुरुषको नाम सुन्दै गदगद हुन्छ तर अहिले देशको अवस्था कस्तो छ रु बीपीको एक गुण पनि हामीमा छैन । कांग्रेसीमा त हुनैपर्ने हो निस हामी कोहीमा छैन । कांग्रेसी त्यस्तो पुर्खा भएर पनि अहिले अंशबन्डा गरिरहेका छौँ हामी ।’ जनताको बीचमा जान पनि अरु पार्टीसँग मिलेर अंशबन्डा गर्नुपरेको भन्दै पूर्वराष्ट्रपति यादवले भने‚ ‘कांग्रेसको बारेमा राम, राम भन्ने बेला भइसकेको छ ।’ पूर्वराष्ट्रपति यादवले बीपीका राजनीतिक चिन्तनहरू अध्ययन गर्ने फुर्सद कुनै राजनीतिक कार्यकर्ता र नेताहरूलाई नरहेको भन्दै टिकट किनेर पार्टीमा प्रवेश गर्ने गरेको बताए । उनले कांग्रेस पार्टीमा रहेर पसिना बगाउनुभन्दा पैसा दिएर टिकट किन्नेको मूल्यांकन बढी हुँदै गइरहेको पनि बताए । पूर्वराष्ट्रपति यादवले भने, ‘बीपीले उहाँको बेलामा जति महाधिवेशनहरूमा बोल्नुभएको छस त्यो महत्त्वपूर्ण छ । बीपीको जेल डायरी, बीपीको आत्मवृत्तान्त, बिपीले बोलेका राजनीतिबारेका विषयहरू पढ्ने फुर्सद कांग्रेसीलाई छैन, सोझै कांग्रेस छिर्छन् ।’

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार